MENU

राजनीति

चुनावबाट राजनीतिक स्थिरता र समृद्धिको एजेण्डा अनुमोदन : एमाले

काठमाडौं, पुस ७ –एमालेले नयाँ सरकार गठनका लागि उपयुक्त वातावरण बनाउन निर्वाचन आयोग र प्रधानमन्त्री शेरबहादुर देउवाको ध्यानाकर्षण गराएको छ  । 

उपाध्यक्ष वामदेव गौतमको निवास भैंसेपाटीमा चुनावपछि पहिलोपटक बसेको एमाले स्थायी समितिको बैठकले सहज रुपमा सत्ता हस्तान्तरण गर्न कांग्रेस र निर्वाचन आयोगलाई अपिल गरेको हो । एमालेले राष्ट्रियसभा गठनपछि मात्र प्रतिनिधिसभाले पूर्णता पाउने आयोग र कांग्रेसको भनाइप्रति असहमति जनाएको छ ।

राष्ट्रियसभाको गठन नेपालको संविधानको व्यवस्था र यस सम्बन्धी विधेयक निर्माणका क्रममा राजनीतिक दलहरुबीच भएको पूर्व समझदारी अनुरुप नै हुनु पर्ने एमालेको ठहर छ । यस्तै एमालेले चुनावी परिणाबाट राजनीतिक स्थिरता र समृद्धिको आफ्नो संकल्पलाई नागरिकले अनुमोदन गरेको निष्कर्ष निकालेको छ ।

बैठकले सङ्क्रमणकाल अन्त्य भएको र मुलुक स्थिरता एवं समृद्धिको दिशामा अगाडि बढेको र चुनावमार्फत प्रकट भएको जनआकाङ्क्षा पूरा गर्न पूर्ण निष्ठा र क्षमताका साथ लाग्ने अठोट गरेको छ । 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया