MENU

राजनीति

Ncell Axiata
NIC Asia

सरकारको नेतृत्व आलोपालो : प्रचण्ड

चितवन, पुस ७ –नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अबको सरकारको नेतृत्व दुई दलका नेताले आलोपालो गर्ने सहमति भएको बताउनुभएको छ । 

प्रेस सेन्टर चितवनले शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमा नेता दाहालले सरकारको नेतृत्व आलोपालो अपनाउने सहमति भएको उल्लेख गर्दै पार्टी एकता संयोजन समितिको बैठक बसेपछि यसको अन्तिम टुंगो लाग्ने बताउनुभयो । पाँच दलको शुक्रबार बसेको बैठकमा राष्ट्रिय सभाको गठन एकल संक्रमणीय कि बहुमतीय भन्ने विषयमा छलफल भएको बताउँदै टुंगोमा नपुगे पनि छलफल सकारात्मक भएको उहाँले बताउनुभयो । 

प्रचण्डले सहमतिका लागि छलफल आवश्यक रहेको र फेरी दुईपक्षीय छलफल गरेर समझदारी बनाउन प्रयास जारी राख्नुपर्ने बताउनुभयो । राष्ट्रियसभा गठन सम्बन्धमा विगतमा संविधानमै प्रष्ट रुपमा निर्वाचन एकल संक्रमणीय विधिबाट हुने उल्लेख भए पनि यस पटक संविधानमा त्यस्तो कुनै स्पष्ट उल्लेख नभएको दावी गर्दै प्रचण्डले राष्ट्रियसभा समानुपातिक गर्ने प्रचलन अन्तर्राष्ट्रिय रुपमा विद्यमान रहेको बताउनुभयो । 

सामान्यतया प्रतिनिधिसभा र राष्ट्रियसभा अलगअलग विषय हुन् भन्दै उहाँले सरकार गठन गर्नका लागि यसले कुनै असर नगर्ने बताउनुभयो । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया