राजनीति
कुन प्रदेशमा कसको सरकार बन्ने ?
- Friday, Dec 22, 2017
- 20:38 PM ( 4 months ago )
- Total Views: 17.3 K
काठमाडौं, पुस ७– निर्वाचन आयोगले प्रदेशसभाको समानुपातिकतर्फको २ सय २० सिट बाँडफाड गरेको छ ।
आयोगले शुक्रबार सार्वजनिक गरेको सिट बाँडफाडमा एमालेले ७५ सिट पााएको छ भने नेपाली कांग्रेसले ७२ सिट पाएको छ । यस्तै माओवादी केन्द्रले ३५, संघीय समाजवादी फोरमले १३ र राजपाले १२ सिट पाएको छ । प्रदेशसभामा १३ दलले मात्र समानुपातिकको सिट पाएका छन् ।
एक नम्बर प्रदेशमा बन्ने ९३ सदस्यीय प्रदेशसभामा ३७ जना सांसद समानुपातिकबाट छानिएका छन् । निर्वाचन आयोगका अनुसार एक नम्बर प्रदेशमा एमालेले १५, कांग्रेसले १३ माओवादीले ५, संघीय समाजवादी फोरमले २ र राप्रपा र संघीय लोकतान्त्रिक मञ्चले १/१ सिट पाएका छन् । समानुपातिकतर्फको नतिजा सार्वजनीक भएसँगै एक नम्बरको प्रदेश सरकार बनाउन एमाले एक्लैको बहुमत पुग्ने भएको छ ।
प्रदेश नम्बर २ मा १ सय ७ सदस्यीय प्रदेशसभा बन्ने छ । जसमा प्रत्यक्षबाट ६४ र बाँकी ४३ जना समानुपातिकबाट छानिएका छन् । यो प्रदेशमा कांग्रेसले सबैभन्दा धेरै ११, राजपाले १०, फोरमले ९, एमालेले ७, माओवादीले ५ र नेपाल संघीय समाजवादी पार्टीले एक सिट पाएका छन् । २ नम्बर प्रदेशमा कुनै दलको बहुमत नआएकाले कुनै एउटा दलले मात्र सरकार बनाउन सक्नेछैनन् ।
प्रदेश नम्बर तीनमा १ सय १० सदस्यीय प्रदेशसभा गठन हुनेछ । जसमध्ये ६६ जना प्रत्यक्षबाट र ४४ जना समानुपातिकबाट छानिएका छन् । समानुपातिकतर्फ ३ नम्बर प्रदेशमा एमालेले १६, कांग्रेसले १४, माओवादीले ८, विवेकशील साझा पार्टीले ३ र राप्रपा र नेपाल मजदुर किसान पार्टीले १/१ सिट पाएका छन् । ३ नम्बर प्रदेशमा एमालेको बहुमत भएकाले एमाले एक्लैले सरकार बनाउन सक्ने छ ।
प्रदेश नम्बर चारमा प्रत्यक्षबाट ३६ र समानुपातिकबाट २४ सहित ६० सदस्यीय प्रदेशसभा गठन हुँदैछ । निर्वाचन अयोगका अनुसार यो प्र्रदेशमा एमालेले १०, कांग्रेसले ९, माओवादीले ३ तथा नयाँ शक्ति र राष्ट्रिय जनमोर्चाले १–१ सिट पाएका छन् । चार नम्बर प्रदेशमा एमाले र माओवादीको गठबन्धनको सरकार बन्ने छ ।
५ नम्बर प्रदेशमा ८७ सदस्यीय प्रदेशसभा बन्दैछ । प्रदेश ४ मा ५२ जना सांसद प्रत्यक्षबाट निर्वाचित भएका छन् भने समानुपातिकबाट ३५ सांसद छानिदैछन् । यो प्रदेशमा एमालेले १३, नेपाली कांग्रेसले १२, माओवादी केन्द्रले ६, संघीय समाजवादी फोरमले २, राजपा र जनमोर्चाले १–१ जना सांसद पाएका छन् । ५ नम्बर प्रदेशमा पनि एमाले र माओवादीको वाम गठबन्धनले सरकार बनाउने सक्ने छन् ।
६ नम्बर प्रदेशमा ४० सदस्यीय प्रदेशसभामध्ये प्रत्यक्षबाट २४ सांसद चुनिइसकेकाले समानुपातिकबाट १६ जना सांसद छानिदैछन् । आयोगका अनुसार ६ नम्बर प्रदेशमा एमालेले ६, कांग्रेसले ५ तथा माओवादीले ४ सिट र राप्रपाले एक सिट पाएका छन् । ६ नम्बर प्रदेशमा पनि एमाले र माओवादीको वाम गठबन्धनले सरकार बनाउन सक्ने छ ।
सात नम्बर प्रदेशमा प्रत्यक्षतर्फ ३२ समानुपातिकबाट २१ गरी ५३ सदस्यीय प्रदेशसभा बन्दैछ । प्रदेश ७ मा समानुपातिकतर्फ एमाले र कांग्रेसले समान ८/८ सिट पाएका छन् । माओवादीले ४ र राजपाले एक सिट जितेका छन् । ७ नम्बर प्रदेशमा पनि एमाले र माओवादीको वाम गठबन्धनले सरकार बनाउन सक्ने छ । केन्द्रीय संसदमा जस्तै प्रदेशसभामा पनि महिलाको उपस्थिति ३३ प्रतिशत अनिवार्य गरिएको छ ।
प्रदेशसभामा पनि प्रत्यक्षतर्फ महिला कम मात्र चुनिएकाले समानुपातिकबाट धेरै महिलाको नाम सांसदका रुपमा जाने निश्चित छ । अब दलहरुले आफूले पाएको सिटमा बन्द सूचिमा रहेको क्रमसंख्या अनुसार समावेशी रुपमा सांसद बन्नेहरुको नाम पठाउनु पर्ने छ ।
सम्बन्धित सामग्रीहरु
-
कर्णालीका सांसदले भने : नीति तथा कार्यक्रम स्वागतयोग्य छ, कार्यान्वयनमा जोड दिउँ
सुर्खेत, वैशाख ११ – कर्णाली प्रदेश सरकारले प्रदेशसभामा पेश गरेको नीति तथा कार्यक्रममाथि मंगलबारदेखि छलफल सुरु भएको छ ।
-
एकताबाट कोही भाग्नु हुँदैन : रक्षामन्त्री पोखरेल
काठमाडौं, वैशाख ११ – नेकपा एमालेका महासचिव तथा रक्षा मन्त्री इश्वर पोखरेलले एमाले–माओवादी पार्टी एकताबाट कोही भाग्न नहुने बताउनु भएको छ ।
-
विकासमा एकजुट हुनुको विकल्प छैन : प्रदेश प्रमुख कोइराला
मकवानपुर वैशाख ११ – तीन नम्बर प्रदेश प्रमुख अनुराधा कोइरालाले प्रदेशको विकासका लागि एकजुट भएर अघि बढ्नुको विकल्प नरहेको बताउनुभएको छ ।
-
आईजी साब आक्रमणकारी कहाँ छन्, तत्काल पक्राउ गर्नुस् – सचिव श्रेष्ठ
भक्तपुर, वैशाख ११ – नेकपा एमाले केन्द्रीय कार्यालयका सचिव एवं नेता कृष्णगोपाल श्रेष्ठले गएको शनिबार मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठमाथि आक्रमण गर्ने आक्रमणकारीलाई तत्काल पक्राउ गर्न प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललाई आग्रह गर्नुभएको छ ।
-
पार्टी एकतापछि पछुताउनुभन्दा अगाडि नै समय लिनु राम्रो : प्रचण्ड
चितवन, वैशाख ११ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकीकरण गर्ने मिति वैशाख १४ गते तोकिने बताउनुभएको छ ।
-
सेवाग्राहीसँग घुस लिँदै गरेका अधिकृत अख्तियारको फन्दामा
बाँके,वैैशाख ११ – अख्तियार दुरुपयोग अनुसन्धान आयोग शाखा कार्यालय कोहलपुरले सेवाग्राहीसँग घुस लिँदै गरेका नेपालगञ्जबाट फार्मेसी अधिकृतलाई रंगेहात पक्राउ गरेको छ ।
- कर्णालीका सांसदले भने : नीति तथा कार्यक्रम स्वागतयोग्य छ, कार्यान्वयनमा जोड दिउँ
- एकताबाट कोही भाग्नु हुँदैन : रक्षामन्त्री पोखरेल
- गुण्डा नाइके रिगललाई सर्वस्वसहित जन्मकैद
- विश्वकपमा यस्तो जर्सी लगाएर उत्रिँदैछन नेपाली बालबालिका
- हैदराबाद हारको ह्याट्रिकबाट जोगिन्छ कि मुम्बईले दोस्रो जित हात पार्नेछ ?
- विकासमा एकजुट हुनुको विकल्प छैन : प्रदेश प्रमुख कोइराला
- घर फर्कन खोज्दा कम्पनीले नदिएपछि मलेसियामा बिरामी परेका प्रदिप समस्यामा
- आईजी साब आक्रमणकारी कहाँ छन्, तत्काल पक्राउ गर्नुस् – सचिव श्रेष्ठ
- चिनीमा युरिया मिसाइएको ग्राहकको गुनासो, प्रशासनले थाल्यो छानबिन
प्रतिक्रिया दिनुहोस