MENU

राजनीति

ujyaalo forign call inside

एक हप्ताभित्र प्रदेशको अस्थायी राजधानी र प्रमुख तोक्ने सरकारको तयारी

काठमाडौं, पुस ८ – सरकारले एक हप्ताभित्र प्रदेशको अस्थायी राजधानी र प्रदेश प्रमुख तोक्ने तयारी गरेको छ । निर्वाचन आयोगले प्रदेशसभातर्फ समानुपातिक प्रणालीको मतपरिणाम सार्बजनिक गरेपछि सरकारले प्रदेशको अस्थायी राजधानी र प्रदेश प्रमुख तोक्न लागेको हो ।

प्रदेशको अस्थायी राजधानीको टुंगो र प्रदेश प्रमुख नियुक्ति एकैसाथ हुने प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारले जानकारी दिनुभयो । शुक्रबारसम्म प्रदेश प्रमुख र अस्थायी राजधानीको टुंगो लाग्ने उहाँको भनाई छ । निर्वाचन आयोगले शुक्रबार प्रदेशसभामा समानुपातिकतर्फ दलहरुले पाएको मतपरिणाम सार्बजनिक गरिसकेको छ ।

दलहरुले नाम पठाएपछि आयोगले सिटका आधारमा विजयी उम्मेदवारको घोषणा गर्नेछ । यस्तो प्रतिवेदन सात दिनभित्र प्रदेशसभालाई बुझाउनुपर्ने व्यवस्था छ । यसैले पनि सरकारलाई एक हप्ताभित्र प्रदेश राजधानी र प्रमुख टुंगो लगाउनुपर्ने दबाब बढेको हो ।

कुन प्रदेशको अस्थायी राजधानी कहाँ तोक्ने भन्नेबारे मोटामोटी टुंगो लागिसकेको र अब मन्त्रिपरिषदले निर्णय गर्ने प्रधानमन्त्रीका प्रेस संयोजक परियारले जानकारी दिनुभयो । सरकारले राजनीतिक पृष्ठभूमि नभएका विषय विज्ञ तथा पूर्व प्रशाशकलाई प्रदेश प्रमुख नियुक्त गर्ने तयारी गरेको छ । 

 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया