MENU

राजनीति

ujyaalo forign call inside

​पूर्वराजदम्पती सुदूरपश्चिम आउने

विमल विष्ट/उज्यालो ।

डोटी, पुस ८– पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वरानी कोमल शाह सुदूरपश्चिम भ्रमणमा आउनु हुने भएको छ । एक हप्तापछि केही दिनको निजी भ्रमणमा मध्यपश्चि हुँदै पूर्वराजदम्पती सुदूरपश्चिम आउने कार्यक्रम  रहेको श्रोतले जानकारी दिएको छ । भ्रमणको क्रममा उहाँहरु डोटीको शैलेश्वरी, बैतडीको त्रिपुरासुन्दरी र डडेलधुराको उग्रतारा जाने कार्यक्रम रहेको छ ।

पूर्वराजादम्पतीले डोटीमा शुभचिन्तकसँग पनि भेट गर्ने अपेक्षा गरिएको छ । तर डोटीका प्रमुख जिल्ला अधिकारी सुर्यबहादुर खत्रीले राजदम्पती आउने कुनै आधिकारीक जानकारी नआएको बताउनुभयो ।

राजादम्पती आगामी साता सुदूरपश्चिम आउने खबर आएपछि यहाँका राजा सर्मथक नेताहरुको जिल्लामा निकै चहल पहल बढेको छ ।

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया