MENU

राजनीति

ujyaalo forign call inside

तीनपटक चुनाव हारेपछि भर्‍याङले दिलायो सफलता

सुमित्रा कोइराला/उज्यालो ।

उदयपुर, मंसिर ८ – उदयपुरको निर्वाचन क्षेत्र नम्बर २ को प्रशेशसभा (क) मा नारायणबहादुर बुर्जा मगर स्वतन्त्र उम्मेदवार बनेर पनि जित्नुभयो । उहाँलाई स्वतन्त्र रुपमा उम्मेदवारी दिएर पाएको भर्‍याङ चिन्हले राजनीतिमा सफलताको भर्‍याङ चढायो ।

भर्‍याङ चुनाव चिन्ह लिएर चुनाव जित्नुभएका मगरलाई मतदाताले देख्ने बित्तिकै ‘उ भर्‍याङ छाप आयो’ भन्छन् र यो सुन्दा आफूलाई आनन्द हुने उहाँ बताउनुहुन्छ । नेकपा माओवादी केन्द्रका उदयपुर सह–इन्चार्ज रहनुभएका मगर बागी उम्मेदवार उठेर विजयी हुनभएको हो । स्वतन्त्र उम्मेदवार मगरले नेपाली कांग्रेसका भेषबहादुर थापामगरलाई ३ हजार ९ सय ७८ मतान्तरले उछिन्दै विजयी हुनुभएको हो ।

नामावली सिफारिसका बेला माओवादी केन्द्रको तर्फबाट उदयपुर क्षेत्र नम्बर २ को प्रदेशसभा (क) मा १ नम्बरमा सिफारिस भएका मगरको नाम हटाएर वाम गठबन्धनले पूर्वसांसद तथा उदयपुरकी माओवादी नेतृ भेषकुमारी राउतलाई उम्मेदवार बनाएपछि मगरले बागी उम्मेदवारी दिनुभएको थियो । बागी उम्मेदवारी भएपछि माओवादी केन्द्र उदयपुरमा टिकट वितरणमा ठूलो विवाद सृजना भयो । विवाद खेप्न नसकेर आधिकारिक उम्मेदवारले उम्मेदवारी फिर्ता लिई मगरको समर्थनमा लाग्नुपर्याे । बुर्जा वाम गठबन्धनको स्वतन्त्र आधिकारिक उम्मेदवार बन्नुभयो ।

मगर वाम गठबन्धनको आधिकारीक उम्मेदवार त बन्नुभयो तर चुनाव चिन्ह (गोलाकार भित्रको हँसिया हथौडा) मा चुनाव लड्न नपाइने भयो । मगर अन्यौलमा पर्नुभयो । तर उहाँको पक्षमा उदयपुरको वाम गठबन्धन उभियो ।

निर्वाचन आयोगले उहाँलाई स्वतन्त्र रुपमा भर्‍याङ चुनाव चिन्न प्रदान ग¥यो । स्वतन्त्र उम्मेदवारका रुपमा प्रस्तुत भए पनि उदयपुरका नागरिकमा मनमा बसेर नागरिककै काममा तल्लिन भएका कारण विजयी भएको दाबी उहाँको छ ।

बुर्जा भन्नुहुन्छ, ‘मेरो क्षेत्रमा भेषकुमारी राउतलाई उम्मेदवार बनाइएको थियो । मैले जिल्लास्तरमा पार्टीका साथीहरुसँगको सहकार्यमा स्वतन्त्र उम्मेदवारी दर्ता गराएँ । अन्तमा आधिकारिक पार्टीको चुनाव चिन्न नपाए पनि पार्टी र मतदाताको साथ पाएँ । चुनाव जितेँ । बुढो रुख काटेर समृद्धिको खुड्किलो चड्ने भ¥याङ बनाउने भन्दै भोट मागेँ । अन्तत जनताको साथ पाएँ ।’

साबिकको भुटार गाविसमा २०११ सालमा जन्मिनुभएका मगरले प्रमाणपत्र तहसम्मको अध्ययन सक्नुभएको छ । मगरले २०४४ सालको नेपाल कम्युनिष्ट पार्टीको चौथो महाधिवेशनमा सदस्यता लिएसँगै राजनीति यात्रा थाल्नुभएको हो ।

२०४८ को स्थानीय तहको चुनावमा जनमोर्चाकोतर्फबाट वडा अध्यक्ष चुनावमा हार व्यहोरेका मगरले स्थानीय तहको चुनाव २०५४ मा पनि हार व्यहोर्नु पर्याे । २०६४ मा भएको पहिलो संविधानसभाको चुनावमा उदयपुर क्षेत्र नम्बर २ बाट चुनावमा होमिएका मगर त्यहाँ पनि पराजय हुनुभयो ।  उहाँले त्यतिबेला ८ सय २९ मत प्राप्त गर्नुभयो ।

त्यहि वर्ष भूमिगत बनेको पार्टी नेकपा एकता केन्द्र उदयपुरको जिल्ला सेक्रेटरीको जिम्मेवारी पाउनुभयो । २०६४ मा नेकपा एकता केन्द्र तत्कालीन नेकपा माओवादीमा मिलेर एकीकृत नेकपा माओवादी बन्यो ।

उहाँ पार्टीको सहसचिवको भूमिकामा रहनुभयो । अहिले नेकपा माओवादी केन्द्रको सह–इन्चार्जसहित माओवादी केन्द्रको केन्द्रीय सदस्यको जिम्मेवारी पनि उहाँलाई छ । मगरलाई पार्टीको जिम्मेवारी सँगसँगै उदयपुरका नागरिकको जिम्मेवारी समेत थपिएको छ । 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया