MENU

राजनीति

ujyaalo forign call inside

उपाध्यक्षको श्रीमानको नामबाट गाउँपालिकाको नाम राख्ने प्रस्तावले वडाध्यक्षहरु आक्रोशित

माधवकुमार ओली/उज्यालो । 

रोल्पा, पुस ८ —रोल्पाको सुवर्णावती गाउापालिकाको नाम फेर्ने गाउँ कार्यपालिकाको प्रस्तावको ४ जना वडाध्यक्षहरुले विरोध जनाएका छन् ।

गाउँ कार्यपालिकाको शुक्रवार बसेकोे बैठकमा गाउँपालिका अध्यक्ष गुनेन्द्र घर्तीले गाउँपालिकाको नाम सुवर्णावतीलाई परिवर्तन गरी उपाध्यक्ष बागमती थापाको श्रीमान नामबाट ‘सुनिल स्मृति’ राख्ने प्रस्ताव राखेपछि वडा नम्बर ४ का अध्यक्ष गञ्जबहादुर क्षेत्री, ३ का अध्यक्ष जेदबहादुर बिष्ट, २ का अध्यक्ष नेत्र बहादुर गिरी र १ नम्बर वडाका अध्यक्ष केशवलाल कुँवरले विरोध जनाउँदै बैठक बहिष्कार गरेको जनाएका छन् ।

स्थानीय तहको निर्वाचनमा उम्मेदवारहरुले जारी गरेको घोषणा पत्र अनुरुप विकास निर्माणलाई तीव्रता दिनेतर्फ ध्यान नदिई गाउँपालिकोको नाम फेर्ने प्रस्ताव आएकाले आफूहरुले विरोध गरेको ४ नम्बर वडाका अध्यक्ष गञ्ज क्षेत्रीले बताउनुभयो ।

गाउँपालिका अध्यक्ष गुनेन्द्र घर्तीले भने सुवर्णावती गाउँपालिका पौराणिक, साहित्यिक नाम भएको कारण अर्थ बुझ्न नसकेको र भावी सन्ततीका लागि पनि अर्थ भएको प्रमाणित नाम ‘शहिद’ सुनिलको नामबाट नामाकरण गर्ने छलफल भएको बताउनुभयो ।

कतिपय स्थानीयले सहमति जनाएको र कतिपयले असहमति जनाएकोले पुस १२ गते हुने गाउँसभाबाट नाम फेर्ने प्रस्ताव टुङ्गो लाग्ने समेत अध्यक्ष घर्तीले बताउनुभयो ।

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया