MENU

राजनीति

Ncell Axiata
NIC Asia

​राजेन्द्र राईलाई ५१ केजीको मालाले सम्मान

सिद्धराज राई/उज्यालो । 

धनकुटा, पुस ८ –प्रतिनिधिसभामा निर्वाचित सांसद राजेन्द्र राईलाई बेलहराबासीले ५१ केजीको माला लगाएर सम्मान गरेका छन् ।

 

प्रतिनिधिसभामा निर्वाचित भएपछि बधाई तथा शुभकामना आदनप्रदान कार्यक्रममा सहभागी हुन धनकुटा नगरपालिका वडा नम्बर ९ बेलहराडाँडा पुगेका सांसद राईलाई वडाध्यक्ष मनोज(सन्दिप) रायमाझीको नेतृत्वमा रहेको टोलीले सम्मान गरेको हो । 

वडाअध्यक्ष राईले भने, ‘यो सम्मान जनताले जनताको छोरालाई गरेको हो । हाम्रो नेता, अभिभावक उनै हुन् ।  राजेन्द्र राई जनता प्रिय नेता हुन् । उनी पन्चायतकालका हस्ती सूर्यबहादुर थापासँग पौठेजोरी खेलेर वामपन्थी राजनीति गरेर हुर्के ।’ वामपन्थी आन्दोलनमा उनले पुर्‍याएको योगदानको कदर गर्दै ५१ केजीको मालाले सम्मान गरेको वडाध्यक्ष रायमाझीले बताए । 

माला लगाइदिएर राईलाई मन्त्री हुन र जिल्लाको विकास बेलहराबासीले शुभकामना दिए । सम्मान कार्यक्रम अगाडी बेलहराबासीले पन्चेबाजा बजाएर विजयजुलुस गरेका थिए । त्यस अवसरमा बोल्दै सांसद राईले बेलहरामा एयरपोर्ट बनाउने र बेलहराडाँडा सम्मको बाटोलाई कालोपत्रे गर्न बजेटको व्यवस्था गर्न पहल गर्ने बताए । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया