MENU

बातावरण-कृषि

​सुन्तलाको राजधानी खोकुमा सुन्तला फलेन

सिद्धराज राई/उज्यालो । 

धनकुटा, पुस ८– सुन्तलाको राजधानी मानिएको धनकुटको खोकुमा यो वर्ष सुन्तला फलेन ।

मौसम परिवर्तनसँगै फूल फुलेको र फल लागेको बेलामा पटकपटक परेको असिना र लामो समयसम्म गएको खडेरी लागेपछि खोकु गाउँमा सुन्तला नफलेको स्थानीय किसानहरुले बताएका छन् । 

यो वर्ष खोकुमा ८० प्रतिशतले सुन्तला उत्पादन घटेको छ । फलेको बोटमा समेत राम्रो भएन । विरुवा समेत मर्न थालेकाले सुन्तला बगैचा नै मासिने अवस्था आएको गएको खोकुका किसान मित्र राईले बताउनुभयो । हरेक वर्ष सुन्तला बेचेर ८ लाखसम्म आम्दानी हुन्थ्यो । यो वर्ष एक लाख पनि नहुने अवस्था रहेको राईले बताए । 

किसान छत्रवहादुर राईको भनाईमा यो पटक दुई पटक असिना प¥यो । सुन्तलाको बोटमा फूल लाग्ने बेलामा आधा फिट भन्दा वढी असिना प¥यो । असिनाले फूल झारेर बचेकोमा दाना लाग्दै थियो । फेरि ठूलो असिनाले दाना सबै झारिदियो । त्यसैले विगतका वर्षहरुमा सुन्तला पाकेर पहेलपुर देखिने खोकु गाउँमा हरियाली मात्रै देखिएको छ ।

खोकु गाउँबाट गएको वर्ष मात्रै यस गाउँमा ६ करोड रुपैया बराबरको सुन्तला बिक्री भएको रेकर्ड कृषि विकास कार्यालयसँग रहेको छ । यो वर्ष ५० लाख कटाउन मुस्किल रहेको किसानहरुको भनाई रहेको छ । यहाँका उत्पादन हुने खोकु जातको सुन्तला नेपालमै लोकप्रिय रहेको छ । 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया