MENU

राजनीति

Ncell Axiata
NIC Asia

वडा कार्यालयमा अनिश्चितकालीन तालाबन्दी

दोलखा, पुस ८ –कृषि सडक निर्माणका लागि छलफल गर्न बोलाइएको भेलामा विवाद हुँदा आक्रोशित बनेका उपभोक्ताले कालिञ्चोक गाउँपालिका वडा नम्बर ८ सुनखानीको वडा कार्यालयमा तालावन्दी गरेका छन् । 

कृषि सडक निर्माणका लागि आवश्यक छलफल गर्न शनिबार बोलाइएको भेलामा विवाद भएपछि आक्रोशित बनेका उपभोक्ताले वडा कार्यलयमा अनिश्चितकालीन तालाबन्दी गरेका हुन् । 

उनीहरुले उपभोक्ता समिति गठनमा वडाअध्यक्षले गैरजिम्मेवारपूर्ण तर्क गरेको र आवश्यक समन्वय पनि नगरेको भन्दै तालाबन्दी गर्न बाध्य भएको बताएका छन् । 

वडाअध्यक्ष नन्दराज शिवाकोटीले भने अरुको उक्साहटमा आएर उल्टै  समिति गठनमा असहयोग गरेको बताउनुभयो । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया