MENU

राजनीति

Ncell Axiata
NIC Asia

सत्ता पक्ष र प्रतिपक्षबीच दूरी बढाउन हुँदैन : प्रचण्ड

रुपन्देही, पुस ८ –माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सत्ता पक्ष र प्रतिपक्ष बीचको दूरी बढाउने पक्षमा आफू नरहेको बताउनु भएको छ । 

नेपाल जेसिजको राष्ट्रिय महाधिवेशनको शनिबार रुपन्देहीको भैरहवामा उद्घाटन गर्दै उहाँले राष्ट्रिय मुद्धामा प्रमुख पार्टीहरु बीचमा सहमतिीर सहकार्य आवश्यक हुने बताउँदै त्यसको अग्रसरता आफू लिने बताउनुभयो । 

वामगठबन्धनले सम्वृद्धिको अभियान सुरु गर्ने बताउँदै उहाँले त्यसका लागि सबैले सहयोग गर्नुपर्ने बताउनुभयो । शान्ति प्रक्रियाका अझै पनि कामहरु बाँकी रहेको उहाँले बताउनु भयो । चुनावको परिणामले फरकफरक समयमा फरक दललाई ठूलो र सानो बनाउने गरेको उहाँले बताउनु भयो । तीन दिनसम्म चल्ने जेसिजको महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया