MENU

राजनीति

ujyaalo forign call inside

​वाम गठबन्धन तोड्न ठूला–ठूला अफर आएका छन् :प्रचण्ड

दयाराम आचार्य/उज्यालो । 

नवलपरासी, पुस ८ –नेकपा माओवादीका केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वाम गठबन्धन तोड्नका लागि ठूलाठूला अफर  आफूलाई आएको  बताउनुभएको छ ।

शनिबार कावासोतीस्थित नेकपा माओवादी केन्द्रको पार्टी कार्यालयमा भएको कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनु भएको हो ।

नेपाली कांगे्रसबाट समेत ५ वर्ष नै माओवादीलाई एक्लैको सरकार बनाउन  दिने प्रस्ताव समेत आएको अध्यक्ष प्रचण्डले बताउनुभयो ।

प्रधानमन्त्री शेरबहादुर देउवा बाटै आफूलाई ५ वर्षकै लागि प्रधानमन्त्रीको प्रस्ताव आएको उहाँले बताउनु भएको छ ।
‘जनताले पार्टी एकीकरण गर्ने गरी  गठबन्धनलाई भोट दिएकोले अब पार्टी एकीकरण हुनेमा भने कुनै दुविधा नभएको उहाले बताउनु भएको छ । कम्युनिष्टको एउटै केन्द्र बनाउने,स्थिर सरकार बनाउने, विकास निर्माण र समाजवाद तिर देशलाई लैजाने भन्ने कुराबाट हामीले कतै दायाँबाँया सोच्ने कुरा छैन’ उहाँले भन्नुभयो । 
 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया