MENU

राजनीति

खेल सकिएर एउटाले विजयी भएको हात हल्लाएपछि कांग्रेसले खेलको नियम मान्दिन भन्यो : ओली

काठमाडौं, पुस ८ –नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दलहरुको सहमतिमा नै संविधान लेखिएकाले संविधानमा लेखिएको चुनावी प्रणाली मान्दिन भन्न नमिल्ने बताउनुभएको छ । 

सन्त नेता कृष्णप्रसाद भट्टराईको ९४ औँ जन्मजयन्तीका सन्दर्भमा ललितपुरमा भएको कार्यक्रममा ओलीले दलहरु आफैले बनाएको प्रणालीलाई सर्वस्वीकार्य बनाउनुपर्ने बताउनुभयो । 

ओलीले खेल सकिएर एउटाले जितेर विजयको हात हल्लाएपछि कांग्रेसले खेलको नियम मान्दिन भनेको आरोप पनि लगाउनुभयो । आफू शासक नभएको र आफूमा कुनै पनि खालको दम्भ नभएको पनि एमाले अध्यक्ष ओलीले दाबी गर्नुभयो । 

अध्यक्ष ओलीले कृष्णप्रसाद भट्टराईले एउटा युग र परिवर्तनको नेतृत्व गरेको स्मरण गर्नुभयो । राणाकालको कष्टकर समयमा समेत परिवर्तनका लागि लागेको भन्दै उहाँले भट्टराईको प्रशंसा गर्नुभयो । नेपाली काँग्रेसका केन्द्रीय सदस्य प्रदीप गिरीले एमाले अध्यक्ष ओलीले पार्टी्भित्र र प्रतिपक्ष दुवैलाई मिलाएर लानुपर्नेमा जोड दिनुभयो । 

 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया