MENU

मनोरञ्जन

Ncell Axiata
NIC Asia

एनसेल मेलामा मस्त झुम्यो पोखरा

काठमाडौं, पुस ९ – एनसेलले शनिबार पोखराको प्रदर्शनी केन्द्र नयाँ बजारमा आयोजना गरेको एनसेल मेला सम्पन्न भएको छ । एनसेलले ग्राहकसँग खुशीयाली साटासाट गर्ने र द्रुतगतिको मोवाइल ब्रोडव्याण्ड फोरजीको अनुभव प्रदान गर्ने उदेश्यसहित मेलाको आयोजना गरेको थियो ।

पोखरामा मनोरञ्जनात्मक कार्यक्रम बिहान ११ बजेबाट सुरु भएको थियो । मेला कन्सर्टसहित बेलुकासम्म चलेको थियो । मेलाको मुख्य आकर्षणमा चर्चित कलाकार तथा संगीतिक समूहको प्रस्तुती, फोरजी थिममा आधारित गेम स्टललगायत किड्स जोन र फुड स्टलहरु रहेका थिए ।

कन्सर्टमा कलाकार शिव परियारले ‘क्या दामी भो’, ‘संगी’ र ‘पिलायो साथीले’ प्रस्तुत गर्दै दर्शकलाई मनोरञ्जन गराएका थिए । कलाकार आशिष राना (लाउरे) ले ‘नेपहपको बाटो’, ‘केस नं ४२०’ र ‘हाउडे’ गीत प्रस्तुत गरेका थिए । त्यस्तै सांगीतिक समूह कबवेबले ‘मार्याे नि मार्यो नि’ र ‘तिम्रो माया’ लगायतका गीत कन्सर्टमा प्रस्तुत गरेका थिए । द एज व्याण्डले ‘तिम्रो लागि’ र ‘थाहा छैन’ गीत प्रस्तुत गरेको थियो । मेलामा रोडिजका विजेता सुमन श्रेष्ठ र फस्ट रनरअप अनिमेश शाहीको सहभागीताले मेलाको आकर्षण थप बढाएको थियो ।

मेलामा उपस्थित युवाहरुको भिड एनसेलको फोरजीमा आधारित गेम पेपर प्लेन थ्रो, मिनी गल्फ, फ्रग जम्प र कार रेसमा केन्द्रीत थियो । किड्स जोनमा बालबालिकाहरु ‘ट्राम्पोलिन’ र ‘गो कार्ट’ जस्ता खेलहरुमा रमाएका थिए । टेम्पोररी ट्याटु, डिस्नी प्रिन्सेस् क्यासल र क्यारेक्टरलगायत विविध आर्कषणले बालबालिकाहरुको ध्यान केन्द्रित गरेको थियो ।
 
मेलाको एनसेल फोरजी जोनबाट दर्शकले सेवा चलाएर टेष्ट गरेका थिए । फेसबुक ट्यागिङ कन्टेस्ट, ब्लाइण्ड मेकअप, युनिकर्न रिङ् टस जस्ता गेम्समा दर्शकको उत्साहजनक सहभागिता थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया