MENU

विज्ञान प्रविधि

ujyaalo forign call inside

चमेलिया जलविद्युत आयोजनामा ‘वेट टेस्ट’ सुरु

विमल विष्ट/उज्यालो ।

डोटी, पुस ९ – दार्चुलाको शैल्यशिखर नगरपालिका–१ बलाँचमा निर्माणाधिन ३० मेगावाट क्षमताको चमेलिया जलविद्युत आयोजनाले शनिबारदेखि ‘वेट टेस्ट’ थालेको छ ।

पूर्व निर्धारित समय अनुसार एक महिनाअघि नै यसले ‘वेट टेस्ट’ सुरु गर्नुपर्ने थियो । तर ड्याम साइटको गेट नम्बर १ मा रहेको कंक्रिटमा समस्या देखिएपछि ‘वेट टेस्ट’ एक महिनापछि धकेलिएको थियो । आयोजना प्रमुख अजय दाहालका अनुसार चमेलिया गेटको मर्मतको काम बिहीबार नै सकिएको थियो । गेट मर्मतको काम सकिएपछि आयोजनाले बिहीबार बेलुकाबाट पानी सञ्चय गर्न थालेको हो ।

गेट नम्बर वानको कंक्रिटमा समस्या देखिएपछि आयोजनाले पानी सञ्चयमा समस्या देखिने भन्दै तत्काल मर्मतको काम अघि बढाएको थियो । आयोजनाले ‘वेट टेस्ट’ गरेको १५ दिनपछि चमेलिया जलविद्युत आयोजनाले परीक्षण उत्पादन थाल्ने योजना बनाएको छ । ‘वेट टेस्ट गर्दा कुनै समस्या नआएमा जनवरीदेखि परीक्षण उत्पादन थाल्छौं’ आयोजना प्रमुख दाहालले भन्नुभयो ।

आयोजनाले यसअघि नै ड्राइ टेस्ट सम्पन्न गरिसकेको छ । सुरुङ, ‘हेडवर्कस्’ परीक्षणका बेलामा पनि कुनै समस्या देखिएको थिएन । त्यस्तै आयोजनाले उत्पादित विद्युत राष्ट्रिय प्रशारण लाइनमा जोड्न प्रशारण लाइन पनि तयार पारिसकेको छ । प्रशारण लाइनमा देखिएका समस्या गएको असोजमै समाधान भएको छ ।

चमेलिया आयोजना सन् २००७ देखि निर्माण सुरु भएको हो । चमेलिया आयोजनामा १५÷१५ मेगावाटका दुई युनिट छन् । ३० मेगावाटको चमेलिया आयोजना चाइना गेजुवा ग्रुप अफ पावर कम्पनी (सिजिजिसी) ले निर्माण गरिरहेको छ ।

 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया