राजनीति
फर्किने बाटो छैन, पार्टी एकता हुन्छ : प्रचण्ड
- Sunday, Dec 24, 2017
- 11:36 AM ( 4 months ago )
- Total Views: 1.9 K
चितवन, पुस ९ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रियसभा गठनमा देखिएको विवाद छिट्टै समाधन हुने बताउनुभएको छ । चितवनको सप्तगाण्डकी क्याम्पसमा आइतबार बिहान भएको कार्यक्रममा उहाँले समस्या समाधानका लागि आफूहरु लचक भएको बताउनुभयो ।
अबको एकदुई दिनमा समस्या समाधान हुने प्रचण्डको भनाई छ । समस्या समाधानका लागि अझै एक दुई दिन छलफल गर्ने र निर्वाचन आयोगले गर्ने काम गर्दै लाने उहाँले बताउनुभयो । एकल संक्रमणीय प्रणाली र बहुमतीय प्रणाली के मा जाँदा पीछडिएका वर्गको प्रतिनिधित्व हुन्छ त्यही अनुसार नै आफूहरु अघि बढ्न तयार रहेको उहाँको भनाई छ ।
यस्तै अर्को प्रसंगमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले नेकपा एमालेसँग पार्टी एकता गर्ने अन्तिम तयारी भैरहेको जानकारी दिनुभयो । एमाले र माओवादीलाई एक हुन नदिन विभिन्न शक्ति सक्रिय भएको उल्लेख गर्दै उहाँले त्यस्ता शक्तिलाई परास्त गरेर अघि बढ्ने स्पष्ट पार्नुभयो ।
उहाँले भन्नुभयो ‘पुल बाँकी राख्दा फेरि फर्कने बाटो हुने भएकाले हामीले पुल नै भाँचेर अघि बढेका छौँ । अब फर्कने सम्भव छैन पार्टी एकता हुन्छ हुन्छ ।’
सम्बन्धित सामग्रीहरु
-
एमाले–माओवादीबीच एकता नहोस् भनेर केहीले दक्षिणकालीमा कालो बोका भाकल गरेका छन् : बडाल
काठमाडौं, वैशाख ८ – नेकपा एमालेका स्थायी कमिटी सदस्य केशव बडालले एमाले–माओवादी केन्द्रबीचको एकता नहोस् भनेर केहीले दक्षिणकालीमा कालो बोका भाकल गरेको आरोप लगाउनुभएको छ ।
-
केरुङबाट काठमाडौं हुँदै लुम्बिनी जोड्ने रेलमार्ग बनाउनेबारे चीनसँग छलफल
काठमाडौं, वैशाख ८ – नेपाल र चीनबीच केरुङबाट काठमाडौं हुँदै लुम्बिनी जोड्ने रेलमार्ग बनाउनेबारे छलफल भएको छ ।
-
संगीतकार र कलाकारलाई रोयल्टी दिलाउन सहयोग गर्छु : प्रचण्ड
काठमाडौं, वैशाख ८ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले संगीतकार र कलाकारले रोयल्टी दिलाउन सहयोग गर्ने बताउनुभएको छ ।
-
मोदी वैशाख अन्तिम हप्ता नेपाल आउने !
काठमाडौं, वैशाख ७ – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले वैशाख अन्तिम हप्ता नेपालको भ्रमण गर्ने सम्भावना बढेको छ ।
-
वैशाख १९ बन्ला त वाम एकताको नयाँ ‘साइत’ ?
काठमाडौं, वैशाख ८ – चुनावी तालमेल मात्र होइन पार्टी नै एक बनाउने भनेर एमाले र माओवादीले गरेको घोषणा आधा वर्षसम्म पनि पूरा हुन सकेको छैन ।
-
राति ११ बजेसम्म काठमाडौंमा पर्यटक हिँड्ने वातावरण बनाइनुपर्छ : मन्त्री अधिकारी
काठमाडौं, वैशाख ८ – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्रप्रसाद अधिकारीले काठमाडौंमा पर्यटकले रातिसम्म हिँडडुल गर्न सक्ने वातावरण बनाइनुपर्नेमा जोड दिनुभएको छ ।
- दक्षिण एसियाली जुडो च्याम्पियनसिप : नेपालले जित्यो एक स्वर्ण, चार स्वर्णसहित भारत अग्रस्थानमा
- आईपीएल : कोलकाताले पञ्जाबलाई दियो १९२ रनको टार्गेट
- संकटालाई हराउँदै सिक्किम युनाइटेड क्वार्टरफाइनलमा
- उद्दारलाई प्राथमिकता, गलत काम गर्नेलाई कानुनी उपचार : नेपाली दूतावास युएई
- डोटीमा जीप दुर्घटना : ३ को मृत्यु, १६ जना गम्भीर घाइते
- एक कोसा केराको मूल्य एक लाख ३६ हजार !
- एमाले–माओवादीबीच एकता नहोस् भनेर केहीले दक्षिणकालीमा कालो बोका भाकल गरेका छन् : बडाल
- सिन्धुपाल्चोकको एउटै नगरपालिकाका तीन युवा मलेसियामा बेपत्ता
- दैलेख कारागारका कैदीले मागे संविधान, रामायण र महाभारत
प्रतिक्रिया दिनुहोस