MENU

विचार/अनुभूति

ujyaalo forign call inside

स्वस्थ हुन कसरी खाने ?

-ज्यो. बलराम उपाध्याय खकुरेल

काठमाडौं, पुस ९ -सबै सजीवलाई बाँचिरहनको लागि खानेकुराको आवश्यक पर्दछ । भोजनविना कोही पनि जीवित हुन सक्दैनन् । प्राणीहरुले खानेकुरा ४ प्रकारले खाने गर्दछन् । १, चपाएर, २) चुसेर, ३) चाटेर र ४) पिएर । 

हामीले खाएका हरेक कुराहरुले हाम्रो जीवनमा प्रभाव पारिरहेको हुन्छ । खाएका वस्तुहरु धेरै मलमूत्रको रुपमा निश्कासन भए पनि त्यसको रसहरुले हाम्रो शरीर बढ्ने गर्दछ । यही खाएको वस्तु अनुसारको नै बुद्धिको विकास हुने गर्छ । त्यसकारण बुद्धि भ्रम गराउने नशालु वस्तुहरु खानको लागि आयुर्वेद आदिमा निषेध गरिएको छ । एउटा नेपाली लोक उक्ति छ  : ‘जस्तो खायो अन्न, त्यस्तै हुन्छ मन । जस्तो पियो पानी, त्यस्तै हुन्छ वाणी ।’

हिन्दु धर्मका विभिन्न ग्रन्थहरुमा मानिसले खाएको वस्तुहरुका कारण समस्यामा पर्नु नपरोस् भनेर विभिन्न प्रकारका खानेकुराहरुको वर्णन गरिएको छ । आयुर्वेद, चरक, पाकशास्त्र, शुश्रुत आदिमा खाना पकाउने र कसरी खाने भन्ने विषयको वर्णन गरिएको छ । 

खाना खाँदा बोल्नु हुँदैन । जुत्ता चप्पल लगाएर, उठेर, नराम्रा कुराहरु हेर्दै र सुन्दै खाना खानु हुँदैन । यस्तै दक्षिण दिशातर्फ फर्केर खाना खान हिन्दुधर्म ग्रन्थहरुमा निषेध गरिएको छ । दक्षिण दिशातिर फर्केर खाएको खानाले शरीर र स्वास्थ्यमा विभिन्न प्रकारका समस्याहरु दिने गर्दछन् । त्यसकारण सकेसम्म खाना खाँदा पूर्व वा उत्तरतिर फर्केर नै खानुपर्छ । पश्चिमतिर फर्केर खानुलाई पनि ठिकै मानिएको छ । 

आयुर्वेदमा खाना खानु भन्दा ठीक अघि पछि र खाना खाने समयमा पानी खानु हुँदैन भनेको छ । खाना खाँदा पानी पिएमा त्यसले विषको काम गर्छ भन्ने मान्यता छ । यस कुरालाई भौतिक विज्ञानले पनि स्वीकारेको छ । पेटमा हुने गरेका सबै रोगहरुको मुख्य कारण भनेको नै खाना हो । त्यसकारण स्वस्थ जीवनको लागि खानामा निकै सावधानी अपनाउनु पर्छ । 

खाना खाइसकेपछि बज्र आसनमा बस्नाले खाएको कुराहरु पच्दछ । खाना खाएपछि १०० पाइला हिँड्नाले शरीरलाई अनावश्यक मोटो हुन दिँदैन भन्ने कुरा आयुर्वेदमा भनिएको छ । खाने बित्तिकै सुत्यो भने अनेक प्रकारका रोगहरु लाग्छन् । मोहीले पाचन क्रियालाई मजबुत बनाउने भएकाले खाना खाएपछि मोही खानु उत्तम हुन्छ । खानेबित्तिकै ध्यान गर्न, व्यायाम गर्न, शरीरमा तेल लगाउन हँुदैन । 

चुठेपछि चिसो हातले आँखामा स्पर्श गर्नाले आँखा तेजिलो हुन्छ भन्ने शास्त्रीय मान्यता छ । खाना सकेसम्म चरेशको थालमा खानु उत्तम हुन्छ । आफूले नसक्ने खाना जुठो लगाएर फाल्नु हुँदैन, यसो गर्नाले घरमा दरिद्रता लाग्दछ भनिन्छ । नरुच्ने र नपच्ने खाना खानु हुँदैन । महर्षि चरकले दीर्घ जीवनको लागि कम खाना खानु भनेका छन् । 

यज्ञवल्क्यका अनुसार पेटको पाँच भागमध्ये तीन भाग अन्न, एक भाग पानीले भर्नुपर्छ भने एक भाग हावाको लागि खाली नै राख्नुपर्छ । यसरी भोजन गर्ने मानिस पेटका रोगहरुबाट पीडित हुनुपर्दैन र उसले स्वस्थ र शान्तसँग आफ्नो जीवनयापन गर्न सक्दछ भन्ने शास्त्रीय मान्यता छ ।

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • आलोचकलाई नै अलमल्याउने विज्ञ अर्थमन्त्रीको ‘वास्तविक’ बजेट

    मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट भाषण गरिरहँदा सत्तापक्षका सांसदको अनुहारमा पनि त्यति चमक देखिएन । शिक्षा, रोजगारी, कृषि, भौतिक पूर्वाधार, पर्यटन लगायतका केही आकर्षक कार्यक्रम घोषणा भैरहँदा ताली बजे पनि बजेट सकिएपछि भने बजेटलाई कस्तो भन्नेबारे पूर्व अर्थमन्त्री नै अलमलिए ।

  • सरकारका सय दिन : कुरा ठूला, खुट्टा लुला !

    कम्तीमा पनि सरकारले बितेका सय दिनमा सडकका खाल्डाखुल्डी पुर्न सक्थ्यो । काम भैरहेका ठाउँमा धुलो कम गर्न ठेकदारलाई बाध्य पार्न सक्थ्यो । काठमाडौंबाट नागढुंगा पुुग्ने, हेटौडा जाने जस्ता सयौं असजिला सडकलाई गिटी हालेर वा माटो पेलेर सहज बनाउन सक्थ्यो ।

  • ​कोरियामा धन देखेर मन हराएकाहरु

    हिजोआज दक्षिण कोरियामा रहेका नेपालीमाझ सामाजिक सञ्जालमार्फत नेपालीले नेपालीमाथि गरेको अमानवीय दुव्र्यवहारको चर्चा एकाएक चुलिएको छ ।

  • मुख्यमन्त्री शेरधन राईलाई खुल्ला पत्र

    सबैलाई एकजुट बनाउनुस् जनता छन् जागेका, हेर्न मन छ मिक्लाजुङ चढ्न पर्यटक ताँती लागेका । सुनसरीमा खेती सनपाट र केराको, खान पाइयोस् चामल डिहिटार र सेराको । लेगुवाका माछा गुद्रीमा बिकुन्, प्रदेश हाम्रो हेरी अरुले सिकुन् ।

  • ​कम्युनिष्ट मन्त्रीको सम्पत्तिमा दम्पती विवरण !

    हुन त उनी दाइजोका कट्टर विरोधी हुन् । बिहे पनि जनवादी ढंगले भएको हो । प्रगतिशील मान्छेको जनवादी बिहेमा दाइजो आउने कुरा भएन । तर बिहेको दिन नआएर के भयो ! श्रीमतीकै बाआमाले दाइजो दिनुपर्छ भन्ने के छ ? यो त परम्परावादी सोच भयो ।

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया