MENU

राजनीति

ujyaalo forign call inside

राष्ट्रियसभा गठनसम्बन्धी अध्यादेश नरोक्न राष्ट्रपतिलाई फोरमको आग्रह

काठमाडौं, पुस ९ –राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभा गठनसम्बन्धी अध्यादेशको विषयमा आइतबार पनि परामर्श गर्नु भएको छ । उहाँले आज संघीय समाजवादी फोरम नेपालका नेताहरुसँग छलफल गर्नुभएको छ । 

छलफलमा फोरमका नेताहरुले राष्ट्रियसभा गठन सम्बन्धी अध्यादेश प्रमाणीकरण गरेर नयाँ सरकार गठनको बाटो खोल्न राष्ट्रपतिलाई सुझाव दिएका छन् । सरकारले ल्याएको अध्यादेश राष्ट्रपतिले फिर्ता गर्न नमिल्ने र यसरी अड्काउन पनि नमिल्ने भन्दै आफूहरुले यसलाई प्रमाणीकरण गर्न सुझाव दिएका फोरम नेता राजेन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।

राष्ट्रपतिसँगको भेटघाटमा फोरम अध्यक्ष उपेन्द्र यादवले अध्यादेश लामो समयसम्म रोकिँदा सरकार गठनमा ढिलाई हुने बताएको श्रेष्ठले जानकारी दिनुभयो । अध्यादेश जारी गर्न विलम्ब गर्ने हो भने कामचलाउ सरकारको आयु अझै लम्बिँदै जाने यादवको भनाई थियो । 

सरकारले राष्ट्रिय सभा अध्यादेश प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालयमा पेश गरेको दुई महिना भन्दा बढी भइसकेको छ । सत्तारुढ कांग्रेस र एमालेबीच विवाद चर्किरहंदा अध्यादेशबारे राष्ट्रपति कार्यालयले निर्णय गर्न सकेको छैन । राष्ट्रपति भण्डारीले एमाले, कांग्रेस र माओवादी केन्द्रका नेताहरुसँग राष्ट्रिय सभा अध्यायदेशबारे यसअघि नै छलफल गरिसक्नुभएको छ । हालै सम्पन्न चुनावबाट राष्ट्रिय पार्टी बनेका पाँच दलमध्ये चार दलसँग उहाँले परामर्श गरिसक्नुभएको छ ।

 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया