MENU

राजनीति

ujyaalo forign call inside

राष्ट्रपतिको विरोधमा नेविसंघको प्रदर्शन

काठमाडौं, पुस ९ -नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघले राष्ट्रपति विद्यादेवी भण्डारीको विरोधमा प्रदर्शन गरेको छ । 

राष्ट्रियसभा गठन सम्बन्धी सरकारले पेश गरेको अध्यादेश रोकेर देशलाई बन्धक बनाएको भन्दै दवाव स्वरुप प्रदर्शन गरिएको नेविसंघले जनाएको छ । नेविसंघ केन्द्रिय समितिको आयोजनामा काठमाडौंमा भएको प्रदर्शनमार्फत अध्यादेश प्रमाणीकरण गर्न राष्ट्रपतिलाई आह्वान गरेको नेविसंघका महामन्त्री कुन्दनराज काफ्लेले जानकारी दिनुभयो ।

विश्वभाषा क्याम्पसबाट निस्किएको र्‍याली रत्नपार्कस्थिति शान्तिबाटिकामा पुगेर कोणसभामा परिणात भएको थियो ।  कोणसभालाई सम्बोधन गर्दै महामन्त्री काफ्लेले संविधान अनुसार सरकारले गरेका निर्णयलाई राष्ट्रपतिले रोक्न नमिल्ने भन्दै संविधान अनुसार काम गर्न आग्रह गर्नुभयो । 

सभालाई नेविसंघ उपाध्यक्ष रामप्रसाद अधिकारी, डिल्लीराम सुवेदी साथै विद्यार्थी नेताहरु राजेश रौनियार, बलदेव तिमल्सिना युवराज पाण्डे, रत्नहरि ढुङ्गेल, डोजाङ शेर्पा, विपिन अधिकारी, तुलसी आचार्यलयायत विद्यार्थी नेताले सम्बोधन गरेका थिए । 

राष्ट्रपतिको हस्तेक्षपकारी कामहरु अझै नसच्चिए नेविसंघले अझ शसक्त आन्दोलन गर्ने चेतावनी केन्द्रीय सदस्य सुशील भट्टले दिनुभयो । एमालेको आग्रहमा राष्ट्रपतिले अध्यादेश रोकेर देशलाई बन्धक बनाएको आरोप पनि विद्यार्थी नेताहरुले लगाएका छन् । 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया