MENU

राजनीति

ujyaalo forign call inside

​रेशम चौधरीको सांसद बन्ने बाटो सर्वोच्चले छेक्यो

काठमाडौं, पुस ९ –फरार अभियुक्त हुँदाहुँदै चुनाव जितेका रेशम चौधरीले वारेसमार्फत सांसदको प्रमाण पत्र नपाउने भएका छन् ।

कैलाली क्षेत्र नम्बर १ बाट चुनाव जितेका चौधरीले वारेसमार्फत प्रमाणपत्र पाउनुपर्ने माग गर्दै सर्वोच्चमा निवेदन दिएका थिए । तर सर्वोच्चको प्रशासनले त्यो निवेदन दर्ता नै नगरी दरपिठ गरिदिएको थियो ।

आफ्नो निवेदन दरपीठ भएपछि चौधरीका तर्फबाट अदालतमा अर्को निवेदन परेको थियो । जुन निवेदनमा सुनुवाई गर्दै  सर्वोच्चका न्यायधीस टंकप्रसाद मोक्तानको एकल इजलासले सर्वोच्च प्रशासनको निर्णयलाई सदर गरेपछि चौधरीलाई प्रमाणपत्र लिन आफैं उपस्थित हुनुपर्ने कानुनी बाध्यता परेको छ ।

पक्राउ पूर्जी जारी भएको समयमा पक्राउ नपरेका रेशम चौधरीलाई प्रहरीले पक्राउ गरेर अदालतमा उपस्थित गराउनुपर्ने भन्दै सर्वोच्चले अभियुक्तको वारेशमार्फत  प्रमाणपत्र पाउनुपर्ने माग पक्राउ र म्यादी पुर्जीको अवज्ञा भएको ठहर पनि गरेको छ ।

 

आफूमाथि लागेको आरोप झुठा भए चौधरीले अदालतमा उपस्थित भइ प्रमाणित गराएर सफाइ लिन सक्ने भन्दै सर्वोच्चले अदालती बाटो अपनाउन चौधरीलाई आदेश पनि दिएको छ । राष्ट्रिय जनता पार्टी राजपा नेपालकातर्फबाट उम्मेदवार बनेका चौधरीले वारेसमार्फत उम्मेदवारी दर्ता गरेर चुनाव जितेका हुन् । 

 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया