MENU

अर्थ

Ncell Axiata
NIC Asia

​कोष तथा लेखा नियन्त्रक कार्यालयको आफ्नै भवन

खोटाङ, पुस ९ –कोष तथा लेखा नियन्त्रक कार्यालय खोटाङको नयाँ भवन उदघाटन गरिएको छ ।

१ करोड ८३ लाखको लागतमा निर्माण गरिएको तीन तले भवन आईतबार महालेखा नियन्त्रक रामकुमार आचार्यले उदघाटन गर्नु भएको हो । ठेकेदार कम्पनी श्रीजयन्ती÷एडी÷जगदम्बा जेभी बौद्ध–६ काठमाडौंले तीन वर्ष लगाएर निर्माण गरेको नयाँ भवन गत जेठ १ गते हस्तान्तरण गरेको कोष नियन्त्रक लालबहादुर केसीले बताउनुभयो । 

लामो समयसम्म भाडाको कोठाबाट सञ्चालन हुँदैआएको कोलेनिकाका लागि स्थानीय समाजसेबी चन्द्रबहादुर कार्कीले ३२ लाख बराबरको १० आना जग्गा निशुल्क दिएपछि कोलेनिकाको आफ्नै सुबिधा सम्पन्न भवन निर्माण गरिएको हो । १ करोड ८३ लाख २३ हजारमा पूरा गर्नेगरी ठेकेदार कम्पनीले २०७२ मंसिर १२ गतेसम्ममा सम्पन्न गर्नेगरी भवन निर्माणका लागि २०७१ भदौ १३ गते सम्झौता गरेको थियो । 

भवन उदघाटन कार्यक्रममा कोलेनिकाका लागि नि:शुल्क जग्गा दिने जग्गादाता चन्द्रबहादुर कार्कीलाई सम्मान गरिएको छ ।

मालपोत कार्यालयमा नासु पदमा कार्यरत जग्गादाता कार्कीलाई महादेखा परिक्षक आचार्य, उपमहादेखा परिक्षक सुर्यमणी गौतम, उपमहादेखा परिक्षक भुवनप्रसाद काफ्ले र प्रमुख जिल्ला अधिकारी एकदेव अधिकारीले दोसल्ला ओढाएर, फूलमाला र अबिर सहित सम्मान–पत्र प्रदान गरेका छन् । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया