MENU

अर्थ

​एनसेलको लाभांश लैजान सर्वोच्चले बाटो खोल्यो

काठमाडौं, पुस ९ –एनसेलको लाभांश विदेश लैजान नेपाल राष्ट्र बैंकले लगाएको रोक खुला गर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ । 

एनसेलको ८० प्रतिशत सेयर खरिदमा लाभकर नतिरेपछि राष्ट्र बैंकले लाभांश विदेश लैजान रोकेको थियो । तर आइतबार सर्वोच्च अदालतका न्याययाधीशहरु ओमप्रकाश मिश्र र केदारप्रसाद चालिसेको संयुक्त इजलाशले लाभांस विदेश लैजान लगाएको रोक खुला गरिदिएको हो । एनसेललाई लाभांश फिर्ता लैजानबाट रोक्ने काम विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन र कम्पनी ऐनको प्रतिकूल देखिएको सर्वोच्चको आदेशमा उल्लेख छ । 

लाभांश वितरणमा रोक लगाउँदा कम्पनीलाई क्षति पुग्ने र सुविधा सन्तुलनको दृष्टिबाटसमेत उचित नदेखिने ठहर सर्वोच्चले गरेको छ ।

टेलियासोनेराले आफ्नो स्वामित्वमा रहेको ८० प्रतिशत सेयर मलेसियाको एक्जियाटा कम्पनीलाई एक खर्ब ४० अर्ब रुपैयाँमा विक्री गरेको थियो । तर त्यसको लाभकर भने तिरिएको छैन । त्यो लाभकर असुल भएमा राज्यकोषमा करिब ३३ अर्ब रुपैयाँ थपिने थियो । 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया