MENU

साहित्य/ कला

Ncell Axiata
NIC Asia

भूपि शेरचनको ८२ औँ जन्मजयन्ती आज

काठमाडौं, पुस १० – साहित्यकार भूपि शेरचनको ८२ औँ जन्मजयन्ती आइतबार विविध कार्यक्रम गरी मनाइँदैछ । विसं १९९२ पुस १० मा मुस्ताङको दुप्चेमा जन्मनु भएका साहित्यकार शेरचन थोरै तर कालजयी रचनाका कारण लोकप्रिय हुनुहुन्छ ।

उहाँका कृतिमध्ये ‘घुम्ने मेचमाथि अन्धो मान्छे’ चर्चित छ । शेरचनले गद्य कविता मात्र नभई गीत पनि लेख्नुभएको छ । ‘यो नेपाली शिर उचाली संसारमा लम्कन्छ’ बोलको गीत उहाँको निकै चर्चित गीत हो । नेपाली गद्य कवितालार्य सरल, सहज र सबैले बुझ्ने भावको बनाउनुमा उहाँको ठूलो योगदान छ ।

भूपि जयन्तीका अवसरमा पोखरा, काठमाडौंसहितका ठाउँमा विशेष कार्यक्रम हुँदैछ । उहाँका परिवर्तन नाटक संग्रह, फुटकर गीत, कविता लगायत रचना प्रकाशित छन् । प्रगतिवादी धारमा कविता लेख्ने भूपिको विसं २०४६ जेठ १ गते निधन भएको थियो । उहाँले साझा पुरस्कार, गोरखा दक्षिण बाहुपुरस्कार प्राप्त गर्नु भएको छ ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • ‘ओ नायक !’ को विमोचनसँगै कविता विमर्ष

    काठमाडौं, माघ ६ – अहिलेको सन्दर्भमा भानुभक्त फेल भैसकेको बताउँदै मुकारुङले भुपी सेरचनका केही कविता अहिले मनोज गजुरेलका ठट्टा जस्ता लाग्ने बताए ।

  • ‘न्यूरोड ग्याङ’ द्वारा नयनराजको ‘यार’ विमोचन

    काठमाडौं, पुस २९ –साहित्यकार नयनराज पाण्डे संस्मरणात्मक पुस्तक ‘यार’ लिएर पाठकमाझ आएका छन् ।

  • स्रष्टा सम्मानित

    भक्तपुर, पुस २४ – भक्तपुर साहित्यिक समाजको १९ औँ स्थापना दिवसको अवसरमा तीन जना स्रष्टालाई सम्मान गरेको छ ।

  • हैसियत (कथा)

    एकछिन उ घोरियो - कुनै भाउँतो आइलाग्ला भनेर पो हो कि हाकिमसाबले मोबाइल नउठाएको, ल्यान्डलाइन फोनमा म्याडमलाई बोल्न लगाएको ! कि बुढाले वर्ग विभाजनको रेखा ख्याल गर्न थाले !

  • अग्लो बौद्धिक उचाइ

    चिउँडा वरिपरि झुस्स दारी राखी छाड्ने, प्रायः काँधमा सानो ब्याग बोक्ने, हँसिलो अनुहारका टङ्क न्यौपाने...

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया