MENU

अर्थ

Ncell Axiata
NIC Asia

साउदी रियाल, मलेसियन रिंगिट र कोरियन वन स्थिर, दिर्हामको मूल्य थोरै बढ्यो

काठमाडौं, पुस १० – नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २७ रुपैयाँ २५ पैसा र विक्रिदर २७ रुपैयाँ ४१ पैसा रहेको छ । त्यस्तै, कतारी रियाल एकको खरिददर २८ रुपैयाँ ०६ पैसा र विक्रिदर २८ रुपैयाँ २२ पैसा छ ।

युएई दिर्हाम एकको खरिददर २७ रुपैयाँ ८२ पैसा र विक्रिदर २७ रुपैयाँ ९८ पैसा तोकेको छ । मलेसियन रिंगिट एकको खरिददर २५ रुपैयाँ ०५ पैसा र विक्रिदर २५ रुपैयाँ २० रहेको छ ।

कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ४८ पैसा र विक्रिदर ९ रुपैयाँ ५४ पैसा रहेको छ । एक कुवेती दिनारको एकको खरिददर ३ सय ३८ रुपैयाँ ३४ पैसा छ भने विक्रिदर ३ सय ४० रुपैयाँ ३३ पैसा रहेको छ ।

एक बहराइन दिनारको खरिददर २ सय ७० रुपैयाँ ९६ पैसा र विक्रिदर २ सय ७२ रुपैयाँ ५५ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया