MENU

मनोरञ्जन

Ncell Axiata
NIC Asia

​‘टाइगर जिन्दा हे’ ले आमिर खानको ‘दंगल’ लाई उछिन्यो

पुस ९ –क्रिसमस तथा नयाँ वर्षको अवसरमा सार्वजनिक भएको बलिउड चलचित्र ‘टाइगर जिन्दा हे’ ले बक्स अफिसमा तहल्का मच्चाइरहेको छ । फिल्म रिलिज भएको तेस्रो दिन अर्थात आइतबार चलचित्रले आशा गरिएको भन्दा उत्कृष्ट प्रदर्शन गरेको छ ।

बक्स अफिस इन्डियाको रिपोर्ट अनुसार आइतबार साढे ४४ करोड रुपैयाँ कलेक्सन गरेको छ । कमाईको मामलामा  सलमान खानले आमिर खानको फिल ‘दंगल’ लाई पनि पछाडि छोडेको छ । ‘दंगल’ ले तेस्रो दिन ४१ करोड मात्रै कमाएको थियो । 

तेस्रो दिनको कमाईसँगै ‘टाइगर जिन्दा हे’ ११० करोडको व्यापार गरेको छ । आइतबारको सहित कमाई जोड्दा चलचित्रले ११४ करोड कमाएको छ । चलचित्रले शुक्रबार ३४ करोड र शनिबार ३५ करोड कमाएको थियो । ३ दिनमा ११० करोड कमाएको यो चलचित्रले हप्ताभरमा २०० करोडभन्दा बढी व्यापार गर्ने आशा गरिएको छ । सोमबार क्रिसमस भएकाले बिदाको पनि फाइदा चलचित्रले उठाउने पक्का छ । 

सन् २०१७ मा इदको अवसर पारेर रिलिज भएको ‘ट्यूबलाइट’ले बक्स अफिसमा खासै उज्यालो ल्याएन । साथै चलचित्रले दर्शकलाई पनि निराश बनाएको बताइन्छ । तर यस वर्ष सलमान खानले बक्स अफिस र दर्शक दुवैलाई नयाँ वर्षमा खुशी बनाउने अपेक्षा गरिएको छ । चलचित्रको समीक्षा पनि सकारात्मक नै आइरहेकाले चलचित्रको प्रदर्शन राम्रै हुने आंकलन गर्न सकिन्छ ।  दर्शकहरु चलचित्रको एक्सन, रोमान्स, कथा तथा क्लाइमेक्स एकदमै मन पराएको बताउँछन् । 

यो चलचित्र पाँच वर्षअघि रिलिज भएको चलचित्र ‘एक था टाइगर’ को सिक्वेल हो । जसले बक्स अफिसमा ३०० करोडभन्दा बढी व्यापार गर्दै आमिर आनको चलचित्र ‘गजनी’ को रेकर्ड तोडेको थियो । ‘एक था टाइग।’ ७५ करोडको बजेटमा निर्माण भएको थियो । चलचित्रले झण्डै ३२० करोड कमाएको थियो ।

सलमान खानको पारिश्रमिकलाई छोडेर ‘टाइगर जिन्दा हे’ को बजेट १५० करोड भएको बताइन्छ । अली अब्बास जफरको निर्देशन रहेको यस चलचित्रमा कटरिना कैप सलमानको को–स्टारको रुपमा अभिनय गरेकी छिन् । चलचित्रमा उनले एक पाकिस्तानी आइएस एजेन्टको भूमिका निर्वाह गरेकी छिन् ।

 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया