MENU

मनोरञ्जन

Ncell Axiata
NIC Asia

दुवईमा शुभयात्रा साँझ सम्पन्न, रामकृष्ण ढकालको प्रस्तुति हेर्न जर्मनबाट दुवई

उमाकान्त पाण्डे/उज्यालो । 

युएई, पुस १० – गायक रामकृष्ण ढकाल यो हप्ता दुवईमा आयोजित शुभयात्रा साँझमा आएका थिए । अनाथ बालबालिकाको सहयोगार्थ दुवईमा आयोजना गरिएको शुभयात्रा साँझमा नेपालबाट चर्चित कलाकारहरुको टोली युएई आएको थियो ।

गायक ढकालसँगै गायिका इन्दिरा जोशी, हेमन्त राना, हाँस्यकलाकार सन्दिप क्षेत्री, र नायिका नम्रता सापकोटा दुवई आएका थिए । कार्यक्रममा नेपालबाट आएका कलाकारले आफ्ना प्रस्तुति पालैपालो प्रस्तुत गरे । धेरै परदेशमा कार्यरत नेपालीको बाध्यता बोलेको गीत ‘सुन साइँली’  गाएर गायक हेमन्त राना दुवईको स्टेजमा पहिलो पटक उक्लिएका थिए ।

लैजा रे, सुन साइँली जस्ता बोलको गीत गाएर हेमन्तले दर्शकलाई भरपुर मनोरञ्जन दिए । त्यसो त उनले गाएको सुन साइँलीलाई ‘वान्समोर’ भनेर दर्शकले हुटिङ गरेपछि उनले त्यो गीत दोहो¥याएर समेत गाए ।

 हेमन्त रानापछि नायिका नम्रता सापकोटाको नृत्यले हलको माहोल ततायो । हाँस्यकलाकार सन्दिप क्षेत्रीको रचनात्मक व्यगंमा दर्शक पेट मिचिमिचि हाँसिरहेका थिए ।

कलाकार क्षेत्रीले सबै कलाकारलाई स्टेजमै पुगेर नाचेर साथ दिइरहेका थिए । गायिका इन्दिरा जोशीले उध्रेको चोली, ठूली जस्ता आइटम गीत गाउदा दर्शक झुमेका थिए । 

स्टेज उक्लिने पालो आयो गायक रामकृष्ण ढकालकोे । कार्यक्रममा आएका दर्शक गायक ढकालको प्रस्तुतिको प्रतिक्षामा थिए । पृष्ठभूमीमा बजेको देशभक्ती गीतको धुनमा दर्शक उठेर हुटिङ गर्दै थिए । ‘बिहान उठ्ने बित्तिकै हिमाल देख्न पाइयोस् गाउदै मञ्चमा चढेका ढकालले राष्ट्रिय झन्डा बोकेर पालैपालो आफ्न सदाबहार प्रस्तुति देखाए । 

उनले कार्यक्रममा झण्डै आधा दर्जन गीत गाए ।  शुभयात्रा ट्राभल्सको मुख्य प्रायोजन तथा गृष्मा इन्टरटेनमेन्टको दोस्रो प्रस्तुति अन्तर्गत शुक्रबार युएईको दुवईमा भएको कार्यक्रममा सहभागी हुन उनीहरु युएई आएका थिए ।

 जर्मन देखि दुवईसम्म 

गायक ढकालले आफ्नो प्रस्तुतिका क्रममा भने, ‘म दुवई दोस्रो पटक आएको हुँ ।’ सन २००४ मा पहिलो पटक आएका ढकालले आफ्ना कुरा खोल्दै गए । त्यसो त नेपाली आधुनिक संगीतमा चर्चित गायक ढकालले आफ्ना दर्शकको माया बारे पनि केही समय खर्चिए । 

कार्यक्रम हेरिरहेका दर्शकको भीडमा एउटा जोडी आफ्नो कार्यक्रम हेर्न जर्मनबाट दुवई आएको गायक ढकालले दर्शकलाई बताए । जर्मनबाट आएको जोडी थियो झापाका डा.सरोज चुडाल र उहाँकी श्रीमती सविना तिवारी चुडाल । जर्मनमा इन्टरनल मेडिसिन चिकित्सकको रुपमा कार्यरत चुडाललाई गायक ढकालले गाएका धेरैजसो गीत कण्ठस्थ छन् ।     

ढकालका पुराना लोपोन्मुख गीत पनि चुडाल सम्झन्छन् । ताप्लेजुङ्ममा जन्मिएका डा. सरोजको बुवाआमा अहिले विर्तामोडमा बस्नुहुन्छ । उच्च शिक्षाका लागि सन २००५ मा जर्मन पुगेका चुडाल गायक ढकालका सबै ‘अपडेट’ हेरिरहन्छन ।

चुडाल ढकालका ‘डाईहार्ट’ फ्यान हुन । गायक ढकालले पनि आफ्ना दर्शकको मन चिढाएका छैनन् । गायक ढकालले डा सरोजलाई नेपालबाट टिसर्ट उपहार ल्याईदिएका रहेछन । त्यही टिसर्ट लगाएर उनी कार्यक्रम हेरिरहेका थिए । 

उनी गायक ढकालको कार्यक्रम हेर्न दुबईमा मात्र होइन युरोपमा हुने धेरै जसो कार्यक्रममा पनि पुगेका छन । उनीहरु त्यसरी जाने आउने खर्च भिसा सबै आफैं मिलाउछन । संयोगले दुवईको कार्यक्रमको डिजे फरे गरिरहेका फणिन्द्र तिवारी सरोजका जेठान रहेछन् । त्यसैले कार्यक्रमबारे पूर्व जानकारी पाउन आफूलाई थप सजिलो भएको सरोजले बताए ।

कार्यक्रमका लागि दुवई आएका गायक ढकाल लगायत कलाकारको टोली सोमबार दिउँसो नेपाल फर्किएका छन् । कलामोहले जर्मनबाट खिचेर दुवई ल्याईपुर्‍याएको सरोजको जोडी पनि सोमबार बिहानै जर्मन तर्फ फर्किएका छन् ।  

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया