MENU

राजनीति

ujyaalo forign call inside

​एमाले भित्रै रहेर मधेशका अधिकारहरु स्थापित गर्छु : गुप्ता

कपिलवस्तु, पुस १० –कपिलवस्तु प्रतिनिधि सभा क्षेत्र नं. २ का सांसद बृजेशकुमार गुप्ताले एमाले भित्रै  बसेर मधेशका अधिकार स्थापित गर्ने बताउनुभएको छ ।  
राजपा परित्याग गरी स्वतन्त्र समूह घोषणा गरी निर्वाचनमा उत्रिएको आफूलगायत आफ्नो समूहले नेकपा एमाले पार्टी भित्र रहेर मधेश र मधेशी जनताको अधिकार स्थापनाका लागि क्रियाशील रहने बताउनुभएको छ । 

सञ्चारकर्मीसँग कुरा गर्दै सांसद गुप्ताले मधेशी जनताका साथै तराई मधेशका दलित, जनजाति, आदीवासी, मुस्लिमलगायत पछाडि परेका वर्ग समुदायको हक अधिकारको लागि नेकपा एमाले नै उपयुक्त पार्टी भएका कारण आफूहरुको रोजाई पनि एमाले नै रहेको बताउनुभयो । एमाले नेतृत्वसँग यस सम्वन्धमा निर्वाचन अघि नै सहमति भएको र अब त्यसको कार्यान्वयनको पक्ष बाँकी रहेको छ, सांसद गुप्ताले भन्नुभयो, ‘हामी टेबलमा बसेर समस्या समाधानको प्रयास गछौं ।’

आवश्यक परे.संसदमा समेत जनताका पक्षमा आफ्ना आवाज बुलन्द गर्ने सांसद गुप्ताले बताउनुभयो । वर्तमान संसदमा वाम गठवन्धनको स्पष्ट बहुमत रहेका कारण आफूहरुले तराई मधेश र पिछडिएको वर्ग समुदायको पक्षमा उठाएका मुद्धाहरुको सम्बोधन हुनेमा आफू आशावादी रहेको उहाँले बताउनुभयो । 

 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया