MENU

साहित्य/ कला

पशुपतिप्रसादका ‘भष्मे डन’ हरियो ढुङ्गामा बने ‘निचुले’

कमल साउद/उज्यालो ।

काठमाडौं, पुस १० –सुरुमै भुटानको राष्ट्रिय गान गुञ्जियो । छेउमै भुटानको राष्ट्रिय झण्डा फरफराइरह्यो । सबैजना आफ्नो हाउभाउसहित प्रस्तुत भए । राष्ट्रिय गीत सकियो । गीत सकिने बित्तिकै काल्साङ (एक पात्र) प्रस्तुत हुनुभयो । काल्साङले आफ्नो देश भुटान सम्झिनुभयो । भक्कानिदै उहाँले भन्नुभयो, ‘हामी भुटानी शरणार्थी, हामीसँग देश छैन । हाम्रो राष्ट्रियता छैन ।’ उहाँले यसो भन्दै गर्दा अरु सबै मौन थिए । उहाँले एक भुटानी शरणार्थीको प्रतिनिधित्व गर्नुभएको थियो । 

शिल्पी थिएटरमा मञ्चन भैरहेको नाटक ‘हरियो ढुङ्गा’ को दृश्य हो यो ।  भुटानी शरणार्थीको पीडा दर्शाउने सुनिल पोखरेलको परिकल्पना तथा निर्देशनमा तयार गरिएको उक्त नाटक मंसिर २९ गतेदेखि शिल्पी थिएटरमा मञ्चन भइरहेको छ । कथाकार उपेन्द्र सुब्बाको ‘लाटो पहाड’ कथासंग्रहको ‘हरियो ढुंगा’ शीर्षकको कथालाई पोखरेलले नाटकमा रुपान्तरण गर्नुभएको हो । 

नाटकमा नेपालमा रहेका भुटानी शरणार्थीको जीवनलाई चित्रण गरिएको छ । भुटानबाट नेपाल लखेटिँदा आफ्ना परिवार गुमाएका भुटानी शरणार्थीले नेपालमा बस्दा भोग्नु परेको पीडा र शरणार्थी शिविरमा बस्दाको समस्या नाटकमा देखाइएको छ । नाटकमा झापाको रतुवा खोलामा गिट्टी कुटेर शरणार्थी शिविरमा जीविका गुजार्दै आएका उनीहरुको गिट्टी बाढीले बगाएपछिको उनीहरुको बिहान बेलुकाको छाक टार्न परेको समस्या, नजिकै बस्तीमा बसेका अन्य नेपालीहरुले दुःख दिने, शरणार्थी शिविरमा भएका चेलीलाई बेच्ने जस्ता समाजिक समस्यालाई प्रस्तुत गरिएको छ । 

नाटकका मुख्य पात्र निचुलेले गिट्टी कुट्दा खोलाको बगरमा भेट्टाएको हरियो ढुंगा उनकी श्रीमतीले हरियो ढुंगा बेचेर शिविरमा टेलिभिजन किनेर ल्याएको र टेलिभिजन हेर्दाको दृश्य निकै रोचक ढंगले प्रस्तुत गरिएको छ । शरणार्थीहरु आफ्नो भविष्यको लागि भन्दै अमेरिका, अष्टे«लिया र अन्य देशहरुमा गएको दृश्यले भने दर्शकलाई सोचमग्न बनाएको थियो । भुटान नै फर्कने र आफ्नै ठाउँमा पुग्ने सपना बोकेका नाटकका दुई पात्र काल्साङ र लाक्पालाई भने तेस्रो मुलुकको वैभवले आकर्षण गर्दैन । उनीहरुलाई आफ्नै थातथलोको मायाले तानिरहन्छ । 

बेपत्ता भएकी श्रीमती र छोरी नभेटिएपछि, कान्छो छोरा बैदारेको हत्याको आरोपमा जेठो छोरा हल्दारे (पात्र) जेल गएपछि एक्लिएका नाटकका मुख्यपात्र निचुले रतुवा खोलामा गिट्टी कुट्न थाल्छन् । तर उनलाई एउटा कुराको डर हुन्छ कि फेरि हरियो ढुङ्गा नभेटियोस् ।निचुलेको भुमिकामा देखिएका मुख्य पात्र विपिन कार्कीको अभिनय दमदार छ । नेपाली फिल्म पशुपतिप्रसादबाट चर्चामा आएका विपिनले रङ्गमञ्चमा पनि उत्तिकै राम्रो अभिनय गरेका छन् ।

त्यस्तै निचुलेका कान्छा छोराको भुमिका निर्वाह गरेका नविनचन्द्र अर्याल (वैदारे) ले पनि नाटकमा प्रशंसनीय अभिनय गरेका छन् । अनामनगरमा रहेको ‘डिस्कभर योरसेल्फ’ ले यो नाटक मञ्चन गरेको हो । ‘डिस्कभर योरसेल्फ’ को यो तेस्रो नाटक हो । यो समूहले यसअघि शेक्सपियरको ‘अ मिड समर सपना’ र इन्द्रबहादुर राईको ‘जयमाया आफूमात्र लिखापानी आइपुगी’ मञ्चन गरिसकेको छ । 

नाटक ‘हरियो ढुंगा’ मंसिर २९ गतेदेखि पुसको २२ गतेसम्म शिल्पी थिएटर बत्तीसपुतलीमा मंगलबार बाहेक हरेक दिन साँझ ५ बजे मञ्चन भइरहेको छ । शनिबार भने दिउँसो १ बजे पनि मञ्चन भइरहेको छ ।

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • ​साहित्य यात्रा सगरमाथा सँगसँगै : सगरमाथा हेर्दै रचना वाचन

    ओखलढुंगा, चैत २९– नयाँ वर्षको पूर्व सन्ध्यामा नयाँ वर्ष मनाउनेहरुका विभिन्न कार्यक्रमका सूची तयारी भैसके । घुमफिर, भेटघाट, वनभोज, सांस्कृतिक कार्यक्रमको आयोजनाजस्ता कार्यक्रममा नेपालीहरु व्यस्त हुन्छन् ।

  • प्याकुरेलको कथा सङ्ग्रह ‘झुल्या कागत’ विमोचन

    काठमाडौं चैत २५ – कथाकार प्रमोद प्याकुरेलको पहिलो कथा सङ्ग्रह ‘झुल्याकागत’ विमोचन भएको छ ।

  • राजा सिद्धीनरसिंह मल्लले लेखेका गीतको एल्बम सार्वजनिक

    काठमाडौं, चैत २४ – राजा सिद्धीनरसिंह मल्लले लेखेका ३६ वटा गीत संग्रहित गीति एल्बमको शनिबार लोकार्पण गरिएको छ ।

  • कुहिराे

    मैले लगाएको चोट खप्न नसकेर आमा मैलो मजेत्रोले अाँसु पुछ्नुहुन्थ्यो । क्षयरोग सर्ने डरले व्यथा किटान भएदेखि नै आमाका लुगाहरूसम्म कसैले धुने आँट गरेनन् । सानै उमेरदेखि मेरो स्वभाव एकलकाटे थियो । साथीहरू कोहीसँग पनि घनिष्ट सम्बन्ध बनाउन सकिनँ मैले । मैले भनेको कुरामा साथीहरू असहमत हुँदा पटक पटक सिँगौरी खेलेको छु मैले ।

  • कम्युनिस्ट हुन रक्सी पिउँदा‍...

    प्रतिदिनजस्तै भेट्ने, एउटा न एउटा कार्यक्रममा लैजाने, भाषण गर्न लगाउने, पुस्तक पढ्न दिने, रेस्टुराँमा लगरे ख्वाउने, अनि आत्मीयता प्रदर्शन गरेर वशीभूत पार्ने प्रयास गरिरहनुहुन्थ्यो । तर कतिपय कुरामा मेरो आफ्नै तौरतरिका र अडान रहन्थे । कहिलेकाहीँ तर्क गरेर उहाँका कुरा काट्ने, केही शास्त्रीय विचारका अडान राख्ने गर्दथेँ । पतलुन लाउँदैनथेँ, मदिरा पिउँदैनथेँ

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया