MENU

राजनीति

सुरक्षाकर्मी र नागरिकबीचको असल सम्बन्धले अपराध नियन्त्रण हुन्छ : साह

कपिलवस्तु, पुस १० –नेपाल भारत सीमा क्षेत्रका सुरक्षाकर्मी र नागरिकबीचको असल सम्बन्धबाट सीमा क्षेत्रमा हुने अपराध नियन्त्रणमा सहयोग पुग्ने निर्वाचन क्षेत्र नं. ३ का नवनिर्वाचित सांसद अभिषेक प्रताप साहले बताउनु भएको छ । 

तेस्रो पटक लगातार विजयी बन्दै आउनुभएको युवा सांसद साहले सीमावर्ती नाका कृष्णनगरमा आज विहान संचारकर्मीहरुसँग कुरा गर्दै आफू पनि सीमा क्षेत्रकै नागरिक भएका कारण सीमा क्षेत्रमा विकास निर्माण, दुई देशका सुरक्षाकर्मीहरु बीचको सम्बन्ध र समन्वय, सीमा क्षेत्रमा घट्न सक्ने अपराधहरुका विषयमा संवेदनशील रहेको बताउनुभयो । 

दुई ठूला छिमेकीहरु चीन र भारतको बीचमा अवस्थित नेपालले दुवै देश सँगको असल सम्बन्धबाट आर्थिक विकासका क्षेत्रमा फाइदा लिनु पर्नेमा सांसद साहले जोड दिए । भारत उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथलगायतका भारतीय केन्द्र सरकारसँग पनि आफ्नो असल कुटनीति सम्बन्ध रहेको बताउँदै आफु दुई देश बीचको असल सीमा सम्बन्ध र विकासका लागि सदैव तत्पर रहेको बताउनुभयो । 

कृष्णनगर र चन्द्रौटा क्षेत्रलाई मुलुककै नमुना औद्योगिक शहरको रुपमा विकास गर्न आफूले सक्दो प्रयास गर्ने सांसद साहले बताउनुभयो । जिल्लाका पश्चिमी क्षेत्रका विकासबाट पछि परेका सबै गाउँवस्तीहरुमा आफ्नो ५ वर्षे कार्यकालमा विकासका सवै पूर्वाधार सम्पन्न गराई सक्ने उहाँले जानकारी दिनुभयो ।

 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया