MENU

राजनीति

​चुनावी समीक्षा बैठकः आपसमै भिडे कांग्रेस कार्यकर्ता, घाइतेलाई काठमाडौं ल्याइयो

स्याङ्जा, पुस १०– स्याङजामा चुनावी समीक्षा गर्न बैठकमा बसेका नेपाली कांग्रेसका कार्यकर्ताबीच कुटाकुट हुँदा ३ जना घाइते भएका छन् ।

नेपाली कांग्रेस स्याङजा क्षेत्र नम्बर २ ले गरेको चुनावी समीक्षा बैठकमा कुटाकुट भएको हो । घाइतेमध्ये भेषराज अर्याल र कमलप्रसाद ढकाललाई उपचारका लागि पोखरा लगिएकोमा त्यहाँ उपचार हुन नसकेपछि हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको छ । अर्का घाइते सुशील काफ्लेको स्याङ्जामा नै उपचार भैरहेको छ । गत महिना भएको चुनावमा हारको कारण एक अर्कामाथि थोपर्ने क्रममा दुई समूहबिच कुटाकुट भएको हो । 

स्याङ्जा क्षेत्र नम्बर दुईमा नेपाली कांग्रेसका नेता गोपालमान श्रेष्ठ एमालेका पदमाकुमारी अर्यालसँग ३७ सय ५ मतले हार्नु भएको थियो ।

श्रेष्ठलाई हराउन लागि परेको भन्दै अर्को श्रेष्ठ पक्षले अर्को पक्षलाई आरोप लगाएपछि हानाहान भएको थियो । स्याङ्जाका प्रतिनिधिसभाका दुवै क्षेत्रमा पराजित भएको कांग्रेसले प्रदेशसभातर्फ क्षेत्र नम्बर २ ख मात्र जितेको छ ।

 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया