MENU

साहित्य/ कला

ujyaalo forign call inside

​भक्तपुरमा पहिलो पटक नारायण गोपाल स्मृति साँझ

रमेश गिरी/उज्यालो ।

भक्तपुर, पुस १०  –भक्तपुरमा पहिलो पटक स्वरसम्राट नारायण गोपाल स्मृति साँझ हुने भएको छ । भक्तपुर सांगीतिक समाजको आयोजनामा सूर्यविनायकमा यही पुस २२ गते शनिबार नारायण गोपाल स्मृति साँझ–२०७४ हुने भएको हो ।

सोमबार समाजले आयोजना गरेको पत्रकार सम्मेलनमा यसबारे जानकारी दिँदै समाजका उपाध्यक्ष कपिल कसपालले गायक कर्णदासलगायत राष्ट्रिस्तरका कलाकारदेखि स्थानीय नयाँ गायकले समेत नारायण गोपालका गीतहरु गाउने जानकारी दिनुभयो ।

भक्तपुरमा रहेका रचनाकार, गायक तथा संगीतकारहरुलाई गोलबद्ध गर्दै जाने उदेश्यका साथ एक महिना अगाडि स्थापना भएको समाजको उक्त कार्यक्रममा नारायण गोपालका मन छुने गीतहरुलाई करिब एक दर्जन कलाकारले गाउने उहाँले जानकारी दिनुभयो ।

पत्रकार सम्मेलनमा समाजका अध्यक्ष प्रविन शाहीले कार्यक्रममा करिब आठ लाख रुपैयाँ खर्च हुने बताउनुभयो । समाजको पहिलो कार्यक्रममा भक्तपुरमा पनि सांगीतिक क्षेत्रको विकासमा टेवा पुग्ने उहाँको भनाई थियो ।

कार्यक्रममा वरिष्ठ रचनाकार सुवासचन्द्र ढुङ्गेल, साहित्यकार धु्रव मढीकर्मी, नेपाल पत्रकार महासंघ भक्तपुरका अध्यक्ष पुष्करराज बुढाथोकी, समाजसेवी श्यामसुन्दर धौभडेले भक्तपुरमा पनि सांगीतिक क्षेत्रले फड्को मार्ने बताउनुभयो । 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया