MENU

मनोरञ्जन

ujyaalo forign call inside

​सुपरहिरोको अन्दाजमा देखिए अक्षय कुमार

पुस १० –सोमबार क्रिसमसको अवसरमा अभिनेता अक्षय कुमारले आउदै गरेको फिल्म ‘प्याड म्यान’को नयाँ गीत रिलिज गरेका छन् ।

उनले ट्वीटरमार्फत ‘सुपरहिरो हे ये पागल !’ भन्दै फिल्म ‘प्याड म्यान’को ‘द प्याड म्यान’ बोलको गीत सार्वजनिक गरेका छन् । जुन गीतमा अक्षय सुपरहिरोको अन्दाजमा देखिएका छन् । यस गीतमा मीका सिंहको आवाज र अमित त्रिवेदीको संगस्त रहेको छ । 

यस फिल्ममा अक्षय कुमारले महिलाहरुले महिनावारी हुंँदा प्रयोग गर्ने सेनिटरी प्याड बनाउने एक प्याड म्यानको भूमिका निर्वाह गरेका छन् । अक्षयसँगै फिल्ममा सोनम कपूर र राधिका आप्टेको मुख्य भूमिका रहेको छ ।

फिल्मको निर्देशन आर बाल्कीले गरेका छन् । फिल्मको पहिलो पल्ट अभिनेत्री ट्वीकंल खन्ना निर्माताको रुपमा दर्शकमाझ आएकी छिन्  । ट्वीकंल अक्षयकुमारकी श्रीमती पनि हुन् ।  फिल्म प्याड म्यान जनवरी २६, २०१८ मा रिलिज हुँदैछ । 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया