MENU

राजनीति

Ncell Axiata
NIC Asia

ठोरी–केरुङ राजमार्ग बनाउने प्रचण्डको प्रतिवद्धता

पर्सा, पुस १० –नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केरुङदेखि पर्साको ठोरी जोड्ने गरी राजमार्ग बनाउने दावी गर्नुभएको छ । 

ठोरीमा सोमबार भएको कार्यक्रममा प्रचण्डले नाकाबन्दीका समयमा अत्यधिक पेट्रोलियम पदार्थ र खाद्यान्नसमेत ठोरी नाकाबाट भित्रिएको स्मरण गर्दै यो नाकालाई विकास गरी ठोरी केरुङ मार्ग छिट्टै निर्माण गरिने बताउनुभयो । 

चुनावको विजय जुलुसका लागि नेकपा एमाले अध्यक्ष केपी ओली रसुवा जाने र आफू चितवन आउने संयोगले ठोरी–केरुङ राजमार्ग छिटो बन्ने निश्चित भएको उहाँले बताउनुभयो । उहाँले पर्साको ठोरीलाई प्रदेश नं ३ मा गाभ्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । यसअघि नै ठोरीलाई ३ नम्बर प्रदेशमा राख्ने भनिए पनि मधेश आन्दोलनका कारण हुन नसकेको बताउनुभयो । 

अध्यक्ष प्रचण्डले पछिल्ला समय पार्टी एकताका विषयमा सञ्चारमाध्यममा आएका समाचारप्रति खण्डन गर्दै एमाले र माओवादी केन्द्र बीचको एकताका विषयमा शंका नगर्न आग्रह गर्नुभयो । राष्ट्रियसभाको गठन सबैको सहकार्य र सहमतिमै हुने पनि उहाँले बताउनुभयो ।  

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया