MENU

राजनीति

एमाले र माअाेवादीबिच अाजदेखि औपचारिक छलफल

काठमाडौं, पुस ११ – सत्ता समिकरण र पार्टी एकताबारे एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबिच मंगलबार औपचारिक छलफल हुँदैछ ।

शुक्रबार चितवन गएका दाहाल दिउँसो फर्किएपछि दुई नेताबिच कुराकानी हुने भएको हो । ५ दलको बैठकपछि अध्यक्ष दाहाल सीधै चितवन गएपछि दलहरुबिच विवाद समाधानका लागि ठोस छलफलसमेत हुन सकेको छैन ।

अनौपचारिक रुपमा फोन संवादमा रहेका नेताहरुले मंगलबारदेखि नयाँ सरकार गठन, राष्ट्रियसभा गठन र पार्टी एकताबारे घनिभुत छलफल गर्ने एमाले अध्यक्ष ओलीको सचिवालयले जनाएको छ ।

दुई पार्टीका अध्यक्षबीच भेट भएपछि बुधबारसम्म पार्टी एकता समन्वय समितिको बैठकसमेत राख्ने तयारी गरिएको छ । पार्टी एकताबारे दुवैतर्फका दोस्रा तहका नेताहरुले आन्तरिक र द्विपक्षीय छलफल तीव्र बनाएका छन् । 

 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया