MENU

अर्थ

ujyaalo forign call inside

शेयर बजार आज पनि ओरालो

काठमाडौं, पुस ११ –शेयर बजार मंगलबार पनि घटेको छ । नेपाली शेयर बजारको परिसूचक नेप्से आज २० दशमलव ६ अंकले घटेर १४ सय ४७ विन्दुमा आइपुगेको हो ।

बजार खुलेदेखि नै ओरालो लाग्न थालेको नेप्से बजार बन्द हुँदासम्मै घटेको थियो । अन्य बाहेकका सवै समुह घटेको दिन मंगलबार सवैभन्दा धेरै वीमा समूह झण्डै १ सय ३९ अंकले घटेको छ । यस्तै, विकास बैंक झण्डै ३७, जलविद्युत ३६ दशमलव ६, उत्पादन साढे ३०, होटल साढे २३ तथा बैंकिङ समूह १९ दशमलव २ विन्दुले घटेको हो । 

मंगलबार कारोबार रकम पनि आइतबारको तुलनामा २ करोडले घटेको छ । मंगलबार ५४ करोडभन्दा धेरैको शेयर किनबेच भएकोमा सबैभन्दा धेरै स्ट्याण्डर्ड चाटर्ड बैंकको शेयर ८ करोड ३३ लाख भन्दा धेरैको किनबेच भएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ । 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया