MENU

अर्थ

Ncell Axiata
NIC Asia

कुमारीपाटीमा स्मार्टको ग्राहक सेवा केन्द्र

पुस ११ –हालै फोरजी सेवा सुरु गरेको स्मार्ट टेलिकमले आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउन ललितपुरको कुमारीपाटीस्थित लब बिल्डिङमा स्मार्ट सेन्टर सुरु गरेको छ । 

उपभोक्तालाई प्रभावकारी सेवा उपलब्ध गराउन, स्मार्टका उत्पादन तथा अफरहरुको जानकारी दिन सेन्टर सुरु गरेको स्मार्ट टेलिकमले जानकारी दिएको छ । सोमबार स्मार्ट टेलिकमका अध्यक्ष सर्वेश जोशीले सेन्टर उद्घाटन गर्नुभएको हो । मंगलबारदेखि सेन्टर  सञ्चालनमा आएको छ ।

स्मार्ट सेन्टरमा सेवासम्बन्धी समस्याको समाधानसहित नयाँ सिम, रिचार्ज कार्ड, हराएको, बिग्रेको सिमकार्ड पुनः उपलब्ध गराउने तथा ग्राहकका जिज्ञासा समाधान गर्ने लगायतका सेवा उपलब्ध हुनेछन् । 

स्मार्टले पुतलीसडक तथा भक्तपुरमासमेत छिटै स्मार्ट सेन्टर सञ्चालनको तयारी गरिरहेको जनाएको छ । तेस्रो ठूलो दुरसञ्चार सेवा प्रदायक संस्था स्मार्टले हालै काठमाडौं र पोखरामा सुरु गरेको फोर जी नेपालकै उत्कृष्ट र तीव्र गतिको भएको दावी गरेको छ । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया