MENU

राजनीति

​भ्रममा नपर्न प्रचण्डको आग्रह

काठमाडौं, पुस ११ – माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकता र वाम गठबन्धनको सरकार बन्ने विषयमा बाहिर आएका कुरा सत्य नभएको बताउनुभएको छ ।

चितवनमा भएको कार्यक्रममा अध्यक्ष दाहालले बाहिर अनेकौँ कुराहरु चर्चामा आए पनि ति गलत रहेकाले भ्रममा नपर्न आग्रह गर्नुभएको हो । नयाँ सरकार गठन र एमालेसँग एकताका लागि अध्यक्ष ओलीसँग निरन्तर संवादमा रहेको जानकारी दिँदै उहाँले आफू धेरै बोल्ने पक्षमा नरहेको बताउनुभयो ।

अध्यक्ष दाहाल पाँच दिनदेखिका विभिन्न कार्यक्रम सकेर आजै काठमाडौं फर्किनुभएको छ । काठमाडौं फर्किएसँग उहाँले राजनीतिक भेटघाट शुरु गर्ने सचिवालयले जनाएको छ ।

नयाँ सरकार गठन, पार्टी एकता र अध्यादेशबारे एमाले अध्यक्ष केपी ओलीसँग औपचारिक छलफल हुने भनिए पनि आज भेटघाट नहुने ओलीको सचिवालले जनाएको छ । तर, दुई नेताबीच विभिन्न माध्यमबाट छलफल भइरहेको दुवै दलका नेताहरुले बताएका छन् ।  

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया