राजनीति
दलीय दबाबका कारण समानुपातिकको सिट निर्धारण गर्न आयोग पर्ख र हेरको अवस्थामा
- Tuesday, Dec 26, 2017
- 19:33 PM ( 4 months ago )
- Total Views: 1.9 K
काठमाडौं, पुस ११ –राष्ट्रियसभा गठनसम्बन्धी विवादका कारण प्रतिनिधिसभाको समानुपातिकतर्फको सिट बाँडफाँड गर्न ढिलाइ हुने भएको छ ।
आयोगले पुस ७ गते नै प्रदेशसभाको सिट बाँडफाँड गरेर दलहरुलाई पत्र पठाए पनि प्रतिनिधिसभाको पत्र कहिले पठाउने भन्नेमा आयोग दुविधामा परेको हो । आयोग स्रोतका अनुसार दलले पाउने सिट संख्या निर्धारण गरेर सबै प्रक्रिया पूरा गरे पनि दलीय विवाद र दबाबका कारण सिट निर्धारण गर्न नसकिएको हो ।
एमालेले तत्काल समानुपातिकको सिट निर्धारण गर्न आयोगलाई दबाब दिए पनि कांग्रेसले राष्ट्रियसभा गठनसम्बन्धी अध्यादेश राष्ट्रपतिबाट स्वीकृत भएपछि मात्र दलले पाएको सिट निर्धारण गर्न आग्रह गर्दै आएको छ । दलीय विवाद र दबाबका कारण आयोग सबै काम सकेर पनि पर्ख र हेरको अवस्थामा रहेको बस्नु परेको स्रोतको भनाइ छ ।
समानुपातिकमा सिट कायम गर्न चाहिने तीन प्रतिशत मत पाँचवटा पार्टीले मात्र कटाएका छन् । दलले पाएको मतको हिसाब गर्दा समानुपातिकमा एमालेले ४१, कांग्रेसले ४०, माओवादीले १७ र फोरम तथा राजपाले ६÷६ सिट पाउने देखिन्छ ।
सम्बन्धित सामग्रीहरु
-
‘मेयर साब’ भन्दै बोलाएर श्रेष्ठमाथि सांघातिक आक्रमण
भक्तपुर, वैशाख ८ – मध्यपुर थिमी नगरपालिकाका मेयर मदनसुन्दर श्रेष्ठमाथि शनिबार सांघातिक आक्रमण भएको छ ।
-
एमाले–माओवादीबीच एकता नहोस् भनेर केहीले दक्षिणकालीमा कालो बोका भाकल गरेका छन् : बडाल
काठमाडौं, वैशाख ८ – नेकपा एमालेका स्थायी कमिटी सदस्य केशव बडालले एमाले–माओवादी केन्द्रबीचको एकता नहोस् भनेर केहीले दक्षिणकालीमा कालो बोका भाकल गरेको आरोप लगाउनुभएको छ ।
-
केरुङबाट काठमाडौं हुँदै लुम्बिनी जोड्ने रेलमार्ग बनाउनेबारे चीनसँग छलफल
काठमाडौं, वैशाख ८ – नेपाल र चीनबीच केरुङबाट काठमाडौं हुँदै लुम्बिनी जोड्ने रेलमार्ग बनाउनेबारे छलफल भएको छ ।
-
संगीतकार र कलाकारलाई रोयल्टी दिलाउन सहयोग गर्छु : प्रचण्ड
काठमाडौं, वैशाख ८ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले संगीतकार र कलाकारले रोयल्टी दिलाउन सहयोग गर्ने बताउनुभएको छ ।
-
मोदी वैशाख अन्तिम हप्ता नेपाल आउने !
काठमाडौं, वैशाख ७ – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले वैशाख अन्तिम हप्ता नेपालको भ्रमण गर्ने सम्भावना बढेको छ ।
-
डोटी जीप दुर्घटना (अपडेट) : घाइतेमध्ये ४ जनालाई नेपालगञ्ज रिफर गरियो
डोटी, वैशाख ८ – डोटीमा जीप दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै ज्यान गएको छ भने १६ जना गम्भीर घाइते भएका छन् ।
- ‘मेयर साब’ भन्दै बोलाएर श्रेष्ठमाथि सांघातिक आक्रमण
- राति ११ बजेसम्म काठमाडौंमा पर्यटक हिँड्ने वातावरण बनाइनुपर्छ : मन्त्री अधिकारी
- दक्षिण एसियाली जुडो च्याम्पियनसिप : नेपालले जित्यो एक स्वर्ण, चार स्वर्णसहित भारत अग्रस्थानमा
- आईपीएल : कोलकाताले पञ्जाबलाई दियो १९२ रनको टार्गेट
- संकटालाई हराउँदै सिक्किम युनाइटेड क्वार्टरफाइनलमा
- उद्दारलाई प्राथमिकता, गलत काम गर्नेलाई कानुनी उपचार : नेपाली दूतावास युएई
- डोटीमा जीप दुर्घटना : ३ को मृत्यु, १६ जना गम्भीर घाइते
- एक कोसा केराको मूल्य एक लाख ३६ हजार !
- एमाले–माओवादीबीच एकता नहोस् भनेर केहीले दक्षिणकालीमा कालो बोका भाकल गरेका छन् : बडाल
प्रतिक्रिया दिनुहोस