MENU

अर्थ

​सिमेन्टको कच्चा पदार्थ आयातको विवाद अझै सुल्टिएन

वीरगन्ज, पुस ११– नेपाली सिमेन्ट उद्योगका लागि चाहिने कच्चा पदार्थ क्लिंकर आयातको विषय झनै अन्यौलपूर्ण बनेको छ ।

सीमावर्ती भारतीय शहर रक्सौलस्थित रेल्वे यार्डबाट क्लिंकर ओसार पसार हुँदा प्रदुषण भयो भन्दै रक्सौलका स्थानीयले विरोध गरेपछि समस्या आएको हो । स्थानीयको विरोधपछि रेलवेले  सोझै वीरगंजको सुख्खा बन्दरगाहमा क्लिंकर अनलोड गर्ने निर्णय भएको छ ।

क्लिंकर आयातमा भारतीय रेलवेको एकपक्षीय निर्णयले झनै समस्या ल्याएको भन्दै मंगलवार त्यही विषयमा छलफल गर्न वीरगंजमा बसेको द्विपक्षीय बैठकले समेत कुनै निष्कर्ष निकाल्न नसकेपछि अन्यौलता झनै बढेको हो ।

भारतीय रेलवेले सिधा वीरगंजस्थित सुख्खा बन्दरगाहमा क्लिंकर अनलोड गर्ने एकपक्षीय निर्णयपछि समस्या समाधान गर्न वीरगंजमा मंगलबार द्विपक्षीय बैठक बसेको थियो ।

क्लिंकर लोड अनलोडको समस्या समाधानका लागि बोलाइएको बैठकमा दुवै देशका प्रतिनिधिबाट समाधानको बाटो पहिल्याउने काम भएन । भारतीय रेलवेले अचानक वीरगंजस्थित सिर्सिया सुख्खा बन्दरगाह सञ्चालनको ठेक्का पाएको भारतीय कण्टेनर निगम लिमिटेडलाई पत्राचार गरेर बन्दरगाहमा नै अनलोड गर्ने व्यवस्था गर्न भनेपछि उत्पन्न भएको समस्या झनै बल्झिएपछि सिमेन्ट उद्योग सञ्चालक भने चिन्तित भएका छन्  ।

भारतीय कन्टेर निगम नेपालस्थित सुख्खा बन्दरगाह सञ्चालन गर्ने हिमालयन टर्मिनलको एक साझेदार पनि हो  । तर, नेपालले सुख्खा बन्दरगाहमा क्लिंकर अनलोड गर्ने सम्झौतामा उल्लेख नभएको र नेपाल सरकारलाई औपचारिक जानकारी नै नभएको जनाएपछि समस्या झन् जटिल बनेको हो । सुख्खा बन्दरगाह सञ्चालन र व्यवस्थापनको जिम्मा लिएको हिमालयन टर्मिनलले यसको समाधानका लागि दुवै पक्षका पदाधिकारीलाई बोलाएको थियो ।

बैठकमा वाणिज्य मन्त्रालयका सहसचिव रविशंकर सैंजुले भारतीय रेल सेवा निगमले नेपाली पक्षलाई क्लिंकर सुख्खा बन्दरगाहमा अनलोड गर्ने विषयमा कुनै आधिकारिक जानकारी नै नगराएको बताउनुभयो । उहाँले अहिले तत्कालका लागि पुरानै अवस्थामा क्लिंकर आयात हुन दिनुपर्ने बताउनुभयो । ‘दीर्घकालीन रुपमा समस्याको समाधान खोज्ने काममा हामी लाग्छौं,’ उहाँले भन्नुभयो, ‘तर अहिले पुरानै अवस्थामा क्लिंकरको आयातको व्यवस्था हुनुपर्छ ।

त्यस्तै नेपाल इन्टरमोडल यातायात समितिका कार्यकारी निर्देशक लक्ष्मण बस्नेतले हिमालयन टर्मिनललाई क्लिंकर अनलोड गर्ने कुनै किसिमको अनुमति नदिएकोले एकपक्षीय निर्णयको कुनै अर्थ नभएको बताउनुभयो । यस विषयमा भारतीय र नेपाल दुवै पक्षले माथिल्लो तहमा छलफल गरेर समाधान निकालिने निर्देशक बस्नेतले बताउनुभयो ।  भारतीय रेलवे इष्ट सेन्ट्रल जोनका चिफ अपरेटिङ मेनेजर सलिल झाले रक्सैलमा अनलोड गर्न नसकिने भएकोले नेपालको आइसिडीमा अनलोड गर्ने व्यवस्था गर्नुपर्ने अडान राखेका छन् ।

नेपाली सिमेन्ट उद्योगीले पनि अहिले नै तत्काल ड्राइपोर्टमा अनलोड गर्ने व्यवस्था हुन नसक्ने जनाएका छन् ।  भातीय कन्टेनर निगमका अध्यक्ष एवं प्रबन्ध निर्देशक भी कल्याण रामाले कुनै राजनीतिक दवाव र कारण नभई रक्सौलका स्थानीयको अवरोधका कारण उत्पन्न समस्या समाधानका लागि छलफल गर्न आफूहरु नेपाल आएको र यसलाई दुवै पक्षले मिलेर समाधान गर्नुपर्नेमा जोड दिनुभयो ।  सुख्खा बन्दरगाहमा अहिले छड उत्पादन गर्ने कच्चा पदार्थहरु आयातमा नै समस्या रहेकोले क्लिंकर पनि सोही स्थानबाट आयात गर्दा थप समस्या नेपाली उद्योगीको भनाई छ ।  

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया