MENU

मनोरञ्जन

ujyaalo forign call inside

पञ्चेबाजा गीतका भिडियोमा पनि नायिका अनु शाहको छमछमी !

काठमाडौं, पुस ११ – आधुनिक गीतका म्युजिक भिडियोमा जमेकी नायिका अनु शाहले लोक दोहोरीका पञ्जेबाजा गीतमा पनि छमछमी नाच्न थालेकी छिन् ।

निखिल उप्रेतिको भैरब लगायत केही फिल्ममा अभिनय गरेकी अनु फिल्मभन्दा बढी म्युजिक भिडियोमै त व्यस्त थिइन् नै । तर उनले अब लोक दोहोरी गीतमा पनि कम्मर मर्काउन थालेकी छन् ।

अफर आए फिल्म खेल्ने, नआए म्युजिक भिडियोमै रमाउने अनुलाई मोडल विकास लामिछानेले पञ्जेबाजाको ‘औठी सुनैको’ गीतको भिडियोमा साथ दिएका छन् । यद्यपी दुबै जनाको अभिनय नाच्ने भन्दा आधुनिक गीतकै जस्तो गम्भिर प्रेम जोडीको बिछोडको कथामा केन्द्रित छ ।

आधुनिक गीतकै म्युजिक भिडियोमा जमेका विकासले पनि पहिलोपटक लोकदोहोरी पञ्जेबाजाको गीतमा अभिनय गरेका हुन् । देवी घर्तीमगर र कमल ज्ञवालीको स्वर रहेको गीतको भिडियोलाई रामेश्वर कार्की र श्रीकृष्ण फुयालले खिचेका हुन् ।

अहिलेकी व्यस्त मोडल तर नायिका पनि रहेकी अनु शाह र विकास लामिछानेलाई निर्देशक सनम अधिकारीले नेपाली साँस्कृतिक महत्वको पञ्जेबाजा गीतमा अभिनय गराएका हुन् । 

 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया