MENU

बातावरण-कृषि

हिमाली भेगमा हिमपातको सम्भावना

पुस १२–हिमाली भेगमा हिमपातको सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

पश्चिमी वायुको प्रभावले पश्चिमका धेरै र मध्य क्षेत्रका थोरै ठाउँमा हिमपातको सम्भावना रहेको मौसमविद् विभूति पोख्रेलले जानकारी दिनुभयो । हिमपात भएपछि देशभरी नै चिसो बढ्ने, तर पानी पर्ने सम्भावना भने नभएको उहाँले बताउनुभयो ।

उहाँका अनुसार पश्चिमी वायुको प्रभावकै कारण अहिले तराई भेगमा बाक्लो कुहिरो लागेको छ । यो दिउँसोपछि बिस्तारै हट्नेछ । बिहान ३ दशमलव ८ डिग्री सेल्सियसमा झरेको काठमाडाैंको तापक्रम दिउँसो १९ देखि २१ डिग्रीसम्म पुग्ने अनुमान छ ।

बाक्लो हुस्सु लागेपछि तराईको जनजीवन कष्टकर बन्दै गएको छ । बाक्लो हुस्सु लागेपनि शीतलहर भने सुरु नभएको मौसमविद्ले बताएका छन् । लगातार २ दिनसम्म बाक्लो हुस्सु लागेपछि मात्रै मौसमविद्ले शीतलहर भएको घोषणा गर्ने गर्छन् ।

तर तराईमा केही दिनयता बाक्लो हुस्सु लागेपनि केही समय हट्दै लागेकाले त्यसलाई शीतलहर भन्न नमिल्ने मौसमविद् राजु प्रधानाङ्गले बताउनुभयो । 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया