MENU

अन्तर्राष्ट्रिय

​सिरिया युद्वमा प्रभावितको उद्धार सुरु

पुस १२- सिरिया युद्वबाट प्रभावितहरुको बुधबारदेखि उद्धार र उपचार सुरु गरिएको छ । अन्तर्राष्ट्रिय रेडक्रसले सिरियाको पूर्वी गुटादेखि दमासकससम्मका घाइतेहरुलाई उपचारकाे लागि उद्धार गरिएको जनाएको छ ।

सयुक्त राष्ट्रसंघ र मानवअधिकार संस्थाहरुले सिरियालाई युद्वबाट प्रभावित ५०० भन्दा बढी नागरिक, बालबालिका र क्यान्सर पीडितहरुको पुनर्उत्थान र उपचार गर्ने वातावरण बनाइदिन अपील गरेका छन् । सिरियामा ४ लाख नागरिक युद्वबाट प्रभावित भएका छन् । 

सिरियन अमेरिकन मेडिकल सोसाइटीले सिरियाको दमसकससमा २९ जना गम्भीर बिरामीमध्ये ४ जनालाई उपचारका लागि अस्पताल भर्ना गरिएको  र अरुलाई उपचार गर्दै जाने जनाएको छ ।

सिरियाको मानवअधिकारवादी संस्था ‘द सिरियन रेड क्रिसेन्ट’ले धेरै लामो वार्तापछि युद्वबाट प्रभावितको उपचार गर्ने वातावरण बनेको बताएको छ ।
आइतबार टर्कीका राष्ट्रपति टाइपीड इर्डोगनले युद्वमा प्रभावितको लागि रसियासँग मिलेर काम गर्ने बताएका थिए ।

अघिल्लो हप्ता संयुक्त राष्ट्रसंघका मानवअधिकारका सचेतक जान इगेल्याण्डले सिरियामा ४ सय ९४ जना मानिस उपचारको पर्खाइमा रहेको बताएका थिए । 
‘त्यो सङ्ख्या क्रमशः घट्दै गएको छ,’ इगेल्याण्डले भनेका थिए, ‘त्यो सङ्ख्या मानिसहरुले उपचार पाएर घटेको होइन्, उनीहरुले उपचार नपाएर ज्यान गुमाएका कारण घटेको हो ।’

सिरियामा राष्ट्रपति बसर अल असद बिरुद्व उहाँँका विपक्षीले प्रदर्शन गर्दै आएको छ ।  

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया