MENU

अर्थ

​बुधबारका लागि विदेशी मुद्राको सटही दर

काठमाडौं, पुस १२ – नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २७ रुपैयाँ २६ पैसा र विक्रिदर २७ रुपैयाँ ४२ पैसा रहेको छ । त्यस्तै, कतारी रियाल एकको खरिददर २८ रुपैयाँ ०८ पैसा र विक्रिदर २८ रुपैयाँ २४ पैसा छ ।

युएई दिर्हाम एकको खरिददर २७ रुपैयाँ ८४ पैसा र विक्रिदर २८ रुपैयाँ तोकेको छ । मलेसियन रिंगिट एकको खरिददर २५ रुपैयाँ ०३ पैसा र विक्रिदर २५ रुपैयाँ १८ रहेको छ ।

कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ५१ पैसा र विक्रिदर ९ रुपैयाँ ५७ पैसा रहेको छ । एक कुवेती दिनारको एकको खरिददर ३ सय ३८ रुपैयाँ ५३ पैसा छ भने विक्रिदर ३ सय ४० रुपैयाँ ५२ पैसा रहेको छ ।

एक बहराइन दिनारको खरिददर २ सय ७१ रुपैयाँ १५ पैसा र विक्रिदर २ सय ७२ रुपैयाँ ७४ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् ।

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया