MENU

राजनीति

ujyaalo forign call inside

​चुनावमा आफ्नै उम्मेदवारलाई हराएको भन्दै माओवादी केन्द्रका कार्यकर्ता कारवाहीमा

पर्सा, पुस १२–पर्सामा माओवादी केन्द्रको असन्तुष्ट पक्षले बुधबार पत्रकार सम्मेलन गरेर पार्टी केन्द्रीय सचिवालय सदस्य उर्मिला अर्याल र जिल्ला अध्यक्ष विजय महतोलाई कारवाही गरेको घोषणा गरेको छ ।

वीरगंजमा पत्रकार सम्मेलन आयोजना गरेर दुवै जनालाई पार्टीको साधारण सदस्य समेत नरहने गरी पार्टीबाट निष्काशन गरिएको माओवादी केन्द्रले जनाएको छ । पार्टीका केन्द्रीय सल्लाहकार जालिम मिँया र जिल्ला अध्यक्ष बाबुराम कौशीकले जारी गरेको विज्ञप्तिमा स्थानीय तह र प्रतिनिधिसभा तथा प्रदेशसभा चुनावमा भएको पराजयको कारण महतो र अर्याल रहेको भन्दै कारवाही गरिएको उल्लेख छ ।

यस अघि प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा उर्मिला अर्याललाई हराउन लागेको भन्दै जगरनाथपुर गाउँपालिका प्रमुख जालिम मियाँ र पार्टी अध्यक्ष र अवैध रुपमा चन्दा असुल गरेर पार्टीको हित विपरीत कार्य गरेको भन्दै जिल्ला नेता बाबुराम कौशीकलाई पार्टीबाट निष्काशन गरिएको थियो  । उनीहरुलाई पार्टी सचिवालय सदस्य तथा पर्सा इन्चार्ज पोलिटब्यूरो सदस्य छोटेलाल यादव र जिल्ला अध्यक्ष महतोले कारवाही गरेका थिए ।

अर्याल पक्षले कार्वाही गरिएको भनिएका जगरनाथपुर गाउँपालिकाका अध्यक्ष जालिम मियाँ पार्टीको केन्द्रीय सल्लाहाकार समिति सदस्य समेत रहेकोले उनलाई जिल्ला कमिटिले कारवाही गर्नु विधान विपरित रहेको मियाँ पक्षको दाबी छ । पार्टीमा उर्मिला अर्याल, जालिम मियाँ, बाबुराम कौशिक तीनै जना प्रचण्ड पक्षकै नेताहरु मानिन्छन् ।

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया