MENU

अन्तर्राष्ट्रिय

अमेरिकाको इरी शहरमा उच्च हिमपात

पुस १२–अमेरिकाको इरी शहर हिँउले पुरिएपछि संकटकाल घोषण गरिएको छ । अमेरिकाको पेन्सलभानिया राज्यमा ८६ सेन्टिमिटर बाक्लो हिँउ परेको छ ।

प्रहरीले उक्त ठाँउमा गाडी नचलाउन चेतावनी दिएको छ । बुधबार अझै हिँउ परिरहेको छ । अधिकारीहरुले हिँउसँगै आँधी आएकाले थप खतरा बढ्ने औल्याएका छन् ।

उक्त ठाँउमा क्रिसमस डे को दिन सन् १९५६ को भन्दा धेरै हिँउ परेर रेकर्ड कायम भएको छ । धेरै गाडी र घरहरु हिँउले पुरिएका छन् । केही नागरिकले बेल्चाले हिँउ बाहिर निकालिरहेको दृष्य देखिन्छ ।

पसल र बालविकास केन्द्र बन्द गरिएको छ । इरीको केही हवाई उडान समेत रद्व गरिएको छ । समाजिक संजालहरुमा हिँउले पुरिएका आश्चर्यजनक फोटा पोष्ट गरिरहेका छन् ।

 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया