MENU

बातावरण-कृषि

ujyaalo forign call inside

बैतडीमा बर्खेबालीको उत्पादनमा बृद्धि

बैतडी, पुस १२ – बैतडीमा यो वर्ष बर्खेबालीको उत्पादन वृद्धि भएको छ । गएको वर्ष तुलनामा यो वर्ष बर्खेबालीको उत्पादनमा वृद्धि भएको जिल्ला कृषि विकास कार्यालय बैतडीका योजना अधिकृत कर्णबहादुर चन्दले बताउनुभयो । 

गएको वर्षको तुुलनामा मकैको उत्पादनमा २५ प्रतिशतले वृद्धि भएको छ । २०७३ सालमा १८ हजार ९ सय ९५ मेट्रिकटन मकै उत्पादन भएकोमा यस वर्ष २३ हजार ९ सय २५ मेट्रिकटन मकै उत्पादन भएको छ । जिल्लामा १४ हजार ५ सय हेक्टर जमिनमा मकै खेती गरिँदै आएको छ ।

यसैगरी धान उत्पादनमा पनि वृद्धि भएको योजना अधिकृत चन्दले बताउनुभयो । गएको वर्ष १८ हजार ५ सय ४० मेट्रिकटन धान उत्पादन भएकोमा यस वर्ष १८ हजार ९ सय मेट्रिकटन धान उत्पादन भएको योजना अधिकृत चन्दले बताउनुभयो । 

बैतडीमा ९ हजार हेक्टर जमिनमा धान खेती गरिँदै आएको छ ।  त्यस्तै गएको वर्ष भन्दा यस वर्ष भटमासको उत्पादनमा पनि वृद्धि भएको छ । गएको वर्ष १ हजार १ सय ५५ मेट्रिकटन भटमास उत्पादन भएकोमा यस वर्ष १ हजार १ सय ६३ मेट्रिकटन भटमास उत्पादन भएको चन्दले बताउनुभयो ।

समयमा पानी पर्नु, उन्नत जातको बिउ प्रयोग हुनु, किसानहरु व्यवसायिक हुनु लगायतका कारण बर्खेबाली उत्पादनमा वृद्धि भएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । 

 

 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया