MENU

राजनीति

Ncell Axiata
NIC Asia

पार्टी एकता, नयाँ सरकार र राष्ट्रिय सभाबारे ओली र प्रचण्डको समान धारणा

काठमाडौं, पुस १२ – एमाले र माओवादी केन्द्रको पार्टी संयोजन समितिको बैठक बिहीबार बस्ने भएको छ । एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबिच बुधबार भएको छलफलमा संयोजन समितिको बैठक बोलाउने सहमति भएको एमाले अध्यक्ष ओलीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिनुभयो ।

एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास भक्तपुर बालकोटमा दुई नेताबिच झण्डै डेढ घण्टा छलफल भएको थियो । छलफल मुख्यगरी नयाँ सरकार गठन, पार्टी एकता र राष्ट्रियसभा गठन अध्यादेशकाबारेमा केन्द्रित रहेको पनि अधिकारीले जानकारी दिनुभयो ।

पार्टी एकताका विषयमा बाहिर आएका कुरा हल्ला मात्र भएकाले त्यस्ता हल्लाको पछि लाग्न नहुने, जतिसक्दो छिटो पार्टी एकताको काम टुंग्याउनुपर्ने, नयाँ सरकार गठनमा ढिलाई  गर्न नहुने र सरकारले राष्ट्रपति कार्यालयमा पठाएको राष्ट्रियसभा गठनसम्बन्धी अध्यादेश फिर्ता लिनुपर्नेमा दुवै नेता एकमत रहेको अध्यक्ष ओलीका प्रेस संयोजक अधिकारीले जानकारी दिनुभयो । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया