MENU

राजनीति

Ncell Axiata

खोटाङ : खानेपानी आयोजनाको ७० प्रतिशत काम पूरा

खोटाङ, पुस १२ – खोटाङको खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चेमा नदीको पानी गाउँमा ल्याउने प्रयास स्वरुप थालिएको रसुवाघाट–कालापानी खानेपानी आयोजनाको ७० प्रतिशत काम पूरा भएको छ । सुनकोशीको पानी लिच्कीराम्चेको कालापानीमा लिफ्ट गर्नका लागि २०७२ साल चैत्र ११ गते उद्घाटन गरिएको आयोजानको ७० प्रतिशत काम पूरा भएको निर्माण उपभोक्ता समितिले जनाएको छ । 

नदी किनारमा मेसिन राख्ने पम्प हाउस, पानी संकलन ट्यांकीका साथै नदी र गाउँको बिचमा १० हजार लिटर क्षमताको दुईवटा आरभिटी ट्यांकी तथा सबैभन्दा माथि गाउँमा ३० हजार लिटरको आरसिसि ट्यांकी निर्माण भइसकेको निर्माण उपभोक्ता समितिका अध्यक्ष कर्णबहादुर राउतले बताउनुभयो । गाउँमा पानी निकाल्ने प्रयास स्वरुप थालिएको आयोजनाको १२ सय मिटर जिआई पाईप वेल्डिङ गरेर जडान गरिसकिएको छ ।

त्यस्तै पाइप अड्याउने सयवटा पिलर पनि बनिसकेको निर्माण उपभोक्ता समितिका अध्यक्ष खत्रीले बताउनुभयो । आयोजनाका लागि निर्माणस्थलमा पानी तान्ने तीनवटा मेसिन, २५ केभीका तीनवटा विद्युत ट्रान्सफर्मर, पोलिथिन पाईप लगायतका सामान ल्याइसकेको छ । निर्माण उपभोक्ता समितिका अनुसार अब नदीको किनारमा समवेल (इनार) निर्माण, विद्युतका १७ वटा पोल, ६ सयमिटर जिआईपाईप, तार खरिद गरेर ल्याउन बाँकी छ । 

छिमेकी वडा इन्द्रेणी पोखरीबाट ल्याइएको पानीको मुहान सुकेपछि कालापानीका १ सय १५ घरपरिवार अहिले घण्टौँ धाएर पानी पिउन बाध्य छन् । कालापानीका स्थानीय बासिन्दा चुहार पँधेरा, मानेखोला पधेरा र खारखोला पधेराबाट दुई घण्टा हिँडेर खानेपानी उपभोग गर्न बाध्य छन् । स्थानीय बासिन्दाका अनुसार सुख्खाग्रस्त क्षेत्रका रुपमा रहेको कालापानीमा पानी ल्याउन अन्य श्रोतको विकल्प छैन । वरपर भएका खानेपानीको मुहान सुकिसकेको र अन्य वैकल्पिक श्रोत नभएपछि कालापानीमा नदीको पानी तान्ने विकल्प अघि सारिएको हो । 

उपभोक्ताको ३६ लाख बराबरको श्रमदान रहेको यो आयोजना १ करोड ८० लाखको लागतमा पुरा हुने खानेपानी तथा सरसफाई सव–डिभिजन कार्यालय खोटाङले जनाएको छ । क्रमागत योजनाकारुपमा रेडबुकमा समावेस आयोजनाको काम यसै आर्थिक वर्षभित्र पूरा गर्ने लक्ष्य राखिएको छ । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया