MENU

बातावरण-कृषि

ujyaalo forign call inside

उखुको मूल्य निर्धारण भएन, किसान उधारोमा उखु बिक्री गर्न बाध्य

रामबाबु खड्का/उज्यालो ।

सर्लाही, पुस १२ – क्रसिङ सुरु भए पनि समयमा नै उखुको मूल्य निर्धारण नहुँदा सर्लाहीका उखु किसान उधारोमा उखु बिक्री गर्न बाध्य भएका छन् । पटक–पटक भएका वार्तामा सहमति जुट्न नसकेपछि किसान उधारोमा उखु बेच्न बाध्य भएका हुन् ।

चिनी उद्योग, किसान र सरकार बिच मूल्य निर्धारणका लागि भएका वार्ताबाट कुनै सहमति नभएपछि गएको वर्षको मूल्य ५३१ रुपैयाँ २० पैसा प्रतिक्विन्टलको दरमा उखु दिएर उद्योग संचालन गर्ने सहमति भएको उखु उत्पादक महासंघका राष्ट्रिय अध्यक्ष कपिलमुनि मैनालीले बताउनुभयो ।

५६२ रुपैयाँमा उखु खरिद गर्न उधोगसँग छलफल गर्दा चिनी उत्पादक संघले किसानको माग अनुसारको मूल्य दिन नस्कने अडान राखेपछि खेतमा उखु सुक्न नदिन पुरानै मूल्यमा पछि सहमति हुने गरी मिल संचालन गर्ने सहमति भएको मैनालीले बताउनुभयो ।

गएको वर्षको मूल्यलाई न्यूनतम आधार मानेर किसानले उद्योगलाई उखु उपलब्ध गराउने सहमति भएकाले बाँकी रकम वृद्धिका लागि उद्योग संचालक, सरकारका प्रतिनिधि र किसान प्रतिनिधिसहित माघको दोस्रो हप्ता बैठक बस्ने सहमति भएको उहाँले बताउनुभयो ।

उखुको मूल्य बृद्धि गर्नका लागि सरकारले चिनीको भन्सार दर बढाएर १५ प्रतिशतबाट ४० प्रतिशत कायम गरे किसानको माग अनुसार उखुको मूल्य पाँच सय ६२ रुपैयाँमा उखु खरिद गर्न सक्ने उद्योग संचालको भनाई छ ।

 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया