MENU

मनोरञ्जन

Ncell Axiata
NIC Asia

सलमान खानले मनाए ५२ औँ जन्मदिन, शाहरुख र आमिरले दिए शुभकामना

पुस १२ – बलिउडका सुपर स्टार सलमान खानले बुधबार आफ्नो ५२ औँ जन्मदिन मनाएका छन् । सलमानको जन्म सन् १९६५ डिसेम्बर २७ मा भारतको मध्य प्रदेशमा भएको हो । आफ्ना नजिकका साथीभाइ तथा परिवारका साथमा सलमानले पानवेल फार्म हाउसमा जन्मदिन मनाएका छन् । 

यसैबिच कुनै समयमा एक अर्काको अगाडि पर्न नै नचाहने  शाहरुख खानले पनि सलमानलाई जन्मदिनको शुभकामना दिएका छन् । अहिले सलमान र शाहरुख बिचको सम्बन्ध सुमधुर बनेको छ । एक कार्यक्रममा पत्रकारहरु माझ शाहरुखले सलमानलाई हजारौँ वर्ष बाँचिरहनु भन्दै गीत गाएर शुभकामना दिएका हुन् । उनले आफू आफ्ना बच्चाहरुसँग टाढा रहेकाले सलमानलाई भेटेर शुभकामना दिन नसकेको कुरा पनि बताए । 

अहिले ठग्स अफ हिन्दुस्तानको सुटिङमा रहेका आमिर खान पनि ट्वीटर मार्फत सलमानलाई जन्मदिनको शुभकामना दिएका छन् । आमिरले सलमानको फिल्म ‘टाईगर जिन्दा है’ ले कीर्तिमानी व्यापार गरेको प्रति बधाई पनि दिएका छन् । 

सलमान खानले उनको पनवेल फार्म हाउसमा आफ्नो जन्मदिनको पार्टी राखेका थिए । पार्टीमा सलमानको परिवारका सदस्यहरु उपस्थित थिए । त्यस्तै उनकी प्रेमिका लुलिया वन्तुर तथा पूर्व प्रेमिका कटरिना केफ लगायत सलमानका नजिकका साथीहरु पार्टीमा उपस्थित भएर सलमानलाई जन्मदिनको शुभकामना दिएका थिए  ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया